इलाममा कांग्रेस नेता खड्काद्धारा २१ लाख बराबरको राहत वितरण - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा कांग्रेस नेता खड्काद्धारा २१ लाख बराबरको राहत वितरण


इलाम / कोरोना भाइरस नियन्त्रण गर्न भनी सरकारले लकडाउन लगाएको छ । लकडाउनले समस्या भइरहेका बेला इलाममा नेपाली कांग्रेसका युवा नेता तथा इलामका समाजसेवी डम्बर खड्काले मजदुर र बिपन्न बर्गलाई सहयोग स्वरुप राहत वितरण गरेका छन् ।

नेता खड्काद्धारा इलाम बजार आसपासका क्षेत्र सहित जिल्लाका १० वटै स्थानिय तहमा काम गर्ने मजदुर र बिपन्न बर्गलाइ करिव २१ लाख बराबरको सामग्री बितरण गरिएको छ । उनले २० हजार किलो ग्राम चामल सहित नुन र २० हजार थान माक्स निःशुल्क बितरण गरेका छन ।

बिश्वमा महामारीका रुपमा देखा परेको कोरोना भाईरस(कोभीड १९)को प्रकोप पछि नेपालमा लगाईएको लकडाउनका कारण इलाम बजार आसपासका क्षेत्र सहित जिल्लाका १० वटै स्थानिय तहमा काम गर्ने मजदुर र बिपन्न बर्गलाई खड्काले स्थानीय तहका जनप्रतिनिधि स्थानिय बुद्धीजिबी मार्फत बितरण गरिएको हो ।

खड्काले जिल्लाका बिपन्न परिवारमा लकडाउनका कारण समस्या भएकाले ब्यतिगत रुपमा उक्त सामग्री बितरण गरेको बताए । जिल्लाका बिभिन्न स्थानमा फेरी समस्या हेरी थप सामग्री बितरण गर्ने जानकारी दिए । उनले लकडाउन हुनु अघी काठमाडौबाट इलाम फर्कनेहरुका लागि सवारी समेत उपलब्ध गराएका थिए ।

नेबिसंघका पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहेका कांग्रेस युवा नेता खड्काले जिल्लामा अप्ठ्यारो परेका गरिब असाहयलाई सहयोग गर्दै आएका छन । उनले बिरामी भई अस्पतालमा उपचार गराउन नपाएका देखि बिदेशमा अलपत्र परेका नेपालीलाई समेत सहयोग गर्दै आईरहेका छन ।
खड्काले जिल्लाका मठ मन्दिर, गुम्बा लगायतका धार्मीक क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन ।

खड्काले पछिल्लो समय सूर्योदय नगरपालिकाको पालटागे र छिपीटारको बिचमा ५० फुट अग्लो बुद्धको मुर्ती धातुबाट निर्माण गर्ने कार्यमा समेत लागिरहेका छन । खड्का इलाममा सन्चालित चियाबारी एफ.एम. इलाका अध्यक्ष तथा निर्माण ब्यवसायी समेत हुन ।

बाल गृहलाई सहयोग
नेता डम्बर खडकाले इलाम नगरपालिका ९ गोलाखर्क भञ्ज्याङस्थित रहेको राहसल बाल गृहलाई समेत सहयोग गरेका छन ।

उनले ६ बोरा चामल सहित नुन उपलब्ध गरएका छन् । बाल गृहमा रहेका बालबालिकालाई लकडाउनमा समस्या नहोस् भनेर खाद्दान्य उपलब्ध गराएको खड्काले बताए ।

विश्वमै महामारीको रुपमा फैलिहेको कोरोना भाइरस को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै ‘लकडाउन’ घोषणा गरिए सँगै दैनिक जीवन कस्ट्कर बन्दै गएको छ । लकडाउन भएको १० दिन बितिसक्दा समस्या भएको भन्दै खड्काले सहयोग गरेका हुन ।

सम्बन्धित खवर