मास्क प्रयोगसम्बन्धी विश्व स्वास्थ्य सङ्गठन दिएको सुझावमा फेरी नयाँ अध्ययन सुरु - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मास्क प्रयोगसम्बन्धी विश्व स्वास्थ्य सङ्गठन दिएको सुझावमा फेरी नयाँ अध्ययन सुरु


एजेन्सी / कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मास्क प्रयोग गर्ने सम्बन्धी आफैले दिएको सुझावमाथि पेरी नयाँ अध्ययन सुरु गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न डब्लुएचओले यसअघि दिएको व्यक्ति–व्यक्ति बीच दुरी कायम गर्ने र मास्क प्रयोग गर्ने सुझाव दिएको थियो ।

धेरै देशहरुले व्यक्तिबीचको दुरी कामय गर्ने र मास्क प्रयोग गरेका थिए । तर कोरोनाको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएपछि के साँच्चै मास्कले सङ्क्रमण फैलिने दर रोक्न सक्छ त ? भनेर विश्व स्वास्थ्य सङ्गठनले नयाँ अध्ययन सुरु गरेको बीबीसीले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका पूर्व्निर्देशक प्रोफेसर डेभिड हेइम्यान नेतृत्वको टोलीले अध्ययन गरिरहेको छ । हेइम्यानले नयाँ अध्ययनले मास्कको बारेमा नयाँ निचोड निकाल्ने र त्यसले विश्व स्वास्थ्य सङ्गठनलाई नयाँ निर्णय गर्न सहज हुने बताए ।

अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ् टेक्नोलोजी ‘एमआईटी’ ले उच्च गतिको क्यामरा र अन्य सेन्सरको प्रयोगबाट गरेको अनुसन्धानले खोक्दा वा हाच्छिउँ गर्दा निस्कने सुक्ष्म कण एक मिटरभन्दा धेरै टाढा पुग्ने निष्कर्ष निकालेपछि विश्व स्वास्थ्य सङ्गठनले नयाँ अध्ययन थालेको हो ।

एमआइटीको अध्ययन अनुसार खोक्दा निस्कने सुक्ष्म कण ६ मिटर र हाच्छिउँ गर्दा निस्कने कण आठ मिटर परसम्म पुग्ने देखिएको छ । जसमा भाइरस हुन्छन् । यसबाट अहिले भनिए जस्तो एक मिटर दुरी निकै कम हुने अध्ययनकर्ताहरुको दाबी छ ।

मास्कको उपयोगीताबारेमा नयाँ अध्ययन गरिरहेको विश्व स्वास्थ्य सङ्गठनका पूर्वनिर्देशक हेइम्यानको टोलीले दुई र तीन दिनभित्र अर्को बैठक गर्ने र सम्भवत केही नयाँ निर्णय गर्ने बीबीसीले जनाएको छ ।

सम्बन्धित खवर