विश्वभरी कोरोनाबाट मर्नेको संख्या ६० हजार नजीक - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वभरी कोरोनाबाट मर्नेको संख्या ६० हजार नजीक

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

दमक / विश्वभरी कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६० हजार नजीक पुगेको छ ।

यो समाचार तयार पार्दा सम्ममा ५९ हजार १ सय ६२ जनाको ज्यान गइसकेको छ । यो भाइरसबाट एकैदिनमा करिब ६ हजारको मृत्यु भएको थियो ।

शुक्रबार मात्रै सबैभन्दा बढी अमेरिकामा १ हजार ३ सय २० जनाको मृत्यु भएको छ । सोही दिन इटालीमा ७ सय ६६ जना, स्पेनमा ८ सय ५० जना, जर्मनीमा १ सय ६८ जना, फ्रान्समा हजार १ सय २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

त्यस्तै चीनमा कोरोनाको कारण पुनः ४ जनाको मृत्यु भएको छ । इरानमा १ सय ३४ जना, बेलायतमा ६ सय ८४ जना, बेल्जियममा १ सय ३२, नेदरल्याण्ड्समा १ सय ४८, क्यानडामा ३५ र ब्राजिलमा ३९ जना, टर्कीमा ६९ जना, स्वीजरल्याण्डमा ५५ जनाको मृत्यु भएको छ । बाँकी देशको मृत्यु र बिरामी अन्य देशमा थपिएका हुन् ।

शनिबार बिहानको तथ्यांक अनुसार विश्वभर कुल १० लाख ९७ हजार ९ सय ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, २ लाख २५ हजार ७ सय ९६ जना उपचारपछि निको भएका छन् ।

शुक्रबार मात्रै विश्वमा कोरोना भाइरस संक्रमण साढे ८२ हजार भन्दा बढीमा भएको पाइएको छ ।

अमेरिकामा सबैभन्दा बेसी ३२ हजार ८८ जनामा कोरोनाको संक्रमण देखिएको थियो । इटालीमा ४ हजार ५ सय ८५ जना, स्पेनमा ७ हजार १ सय ३४ जना, जर्मनीमा ६ हजार ३ सय ६५ जना, चीनमा शुक्रबार ३१ जनामा कोरोना भाइरस देखिएको छ ।

त्यस्तै फ्रान्समा ५ हजार २ सय ३३ जना, इरानमा २ हजार ७ सय १५ जना, बेलायतमा ४ हजार ४ सय ५० जना, । टर्कीमा २ हजार ७ सय ८६ जनामा स्वीट्जरल्याण्डमा ७ सय ७९ जनामा बेल्जियमा १ हजार ४ सय २२, नेदरल्याण्ड्समा १ हजार २६, क्यानाडामा १ हजार ९२, ब्राजिलमा १ हजार १ सय ५० जना नयाँ कारोनाको संक्रमित थपिएका हुन ।

स्रोतः एजेन्सी

सम्बन्धित खवर