नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोभिड–१९, संक्रमितको संख्या ९ पुग्यो - Mangsebung News
  • सोमबार, भदौ २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा पहिलो पटक स्थानीयमा देखियो कोभिड–१९, संक्रमितको संख्या ९ पुग्यो


काठमाडौं / नेपालमा पहिलो पटक स्थानीयमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार तीन जना नयाँ संक्रमित भेटिएको घोषणा गरेको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये दुई जना भारतबाट आएका हुन् भने एक स्थानीय महिला हुन् । उनी यसअघि संक्रमण देखिएका पुरुषका आफन्त हुन् ।

यसअघि नेपालमा जति संक्रमण देखिएको थियो, सबै विदेशबाट आएका नेपालीहरु थिए । तर, कैलालीमा विदेशबाट आएका संक्रमितबाट स्थानीयमा सरेको पाइएको छ ।

यो ‘लोकल स्ट्रान्समिसन’ हो, जसलाई कोरोना संक्रमणको दोस्रो चरणमा मानिन्छ । तेस्रो ‘कम्युनिटी ट्रान्समिसन’ हो, जसले महामारीको चरणमा र्पुयाउन भूमिका खेल्छ ।

सम्बन्धित खवर