सञ्चारकर्मी नेम्बाङको निर्देशनमा ‘एउटा सपना’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सञ्चारकर्मी नेम्बाङको निर्देशनमा ‘एउटा सपना’ सार्वजनिक(भिडियो सहित)

दमक / सञ्चारकर्मी देशराज नेम्बाङको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र ‘एउटा सपना’ सार्वजनिक गरिएको छ ।

झापाको दमकबाट सञ्चालित मौलिक टिभि युट्यूव च्यानलले निर्माण गरेको लघुचलचित्रमा निरन राईले छायाँकन गरेका हुन् ।

दमक र चुलाचुली आसपासमा छायाँकन गरिएको लघुचलचित्रमा एउटा सपना साकार पार्न जीवनमा भोग्नु पर्ने संघर्ष र सफलता पछिको सुखद क्षणलाई प्रस्तुत गर्न खोजिएको छ ।

निरन राईको सम्पादन तथा कलरिङ रहेको लघुचलचित्रमा देशराज नेम्बाङ, कौशिला खेवा, उमा सम्बाहाम्फे, नरवीर गोम्देल र ओममाया आङदेम्बे लगायतले अभिनय गरेका छन् ।

लघुचलचित्र मोलिक टिभि युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

सम्बन्धित खवर