भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जना सबैको रिपोर्ट नगेटिभ - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जना सबैको रिपोर्ट नगेटिभ

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्कलगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले खरिपाटीको क्वारेन्टाइमा रहेका सबै ९४ जनाको कोरोना भाइरसको नुमना परीक्षण नेगेटिभ आएको जानकारी दिएका हुन् ।

सरकारले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

डा. देवकोटाले आइतबार सम्म राष्ट्रिय प्रयोगशालामा १ हजार ५२९ वटा नमुना परीक्षण गरिएको र काठमाडौं बाहिर पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षण पनि परीक्षण भइरहेको जानकारी दिए । उनले चितवनमा नमुना परीक्षण टेष्टको काम भइरहेको र बुटबलमा सोमबारदेखि सुरु हुने बताए ।

काठमाडौंमा १२ जना र बाहिर १०१ जना गरी ११३ जना आइसोलेनमा छन् । मन्त्रालयको मोबाइल एप्समा आफ्नो व्यक्तिगत विवरण भर्नेहरु ८ हजार ९७ पुगेका छन् । आइतबार मात्रै १ हजार ८१२ जनाले व्यक्तिगत विवरण भरेको र तीमध्ये २४ वटा विवरण रेड जोनमा परेका छन् ।

उनले कैलाली, कञ्चनपुर र बाग्लुङका क्यारेन्र्टानमा रहेका सबैको तथा चैत महिनामा बाहिरबाट नेपाल प्रवेश गरेका सबैको ¥यापिट टेष्टबाट कारोनाको परीक्षण गर्ने र पोजेटिभ देखिएका व्यक्तिको पुनः पिसिआर विधिबाट परीक्षण गर्न सरकारले दिएको निर्देशन अनुसार सम्बन्धित निकायको बैठक बसी तीनै जिल्लामा सोमबार नै टोली पठाउने निर्णय भएको जानकारी दिए ।

सम्बन्धित खवर