उसले टङकिस गरेको त्यो पल.....! - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उसले टङकिस गरेको त्यो पल…..!

नेपाली ढुंगेयुगको आँखाले हेर र त्यहीँ तँ ओथारोमा बसी राख । संसारको मान्छेहरु  तँ  जस्तै मात्र नेपाली समाज शास्त्रीय सौन्दर्य चेतहरु बोकेको भए, आज यसरी सामुन्द्र माथी जहाजको यात्रा गर्न पाउथिस् होला स्याँठा……..!

संयोग म नियात्रामा निस्के । बडेमानको भयंकर लाग्ने पानी जहाज भित्र थिएँ । आँखैले ठम्याउँन नै नसकिने हरियो समुन्द्र । जसको आदि र अन्त्यको भ्याउँ नै पाउँन नसकिने । जहाज भित्र अनेकन रंगधारिका सयौं मान्छेहरु हजङ्हजङ थिए । मान्छेहरुको त्यस्तो बाक्लो हुलहरु देख्दा, कुनै नामुद देशको शहरमा यात्रारत छु, जस्तो अनुभुत हुन्थ्यो । सामुन्द्रीक जहाजको यात्रामा छु भन्ने बोध नै भईरहेको थिएन । किनकी जहाज भित्र पनि शहर बजार नै भए जस्तो पो फिल गराई रहेथ्यो । मान्छेहरु यत्रतत्र छरपष्ट देखिन्थे । जहाजको सिटहरुमा केही अधबैंशे र पाका उमेरकाहरु मात्र बसेका देखिन्थें । बाँकी सबै आ–आफ्नै तालमा भौतारिएका देखिन्थें । कोही हसुर्न मै ब्यस्त । कोही पिउँन मै मस्त । कोही गीत संगीतमा झुम्मी रहेका । कोही तासपत्ती खेली रहेका त, कोही चाहिँ खोई के–के खाले खेलहरु खेली रहेका । कोही जहाजको पार्किङमा लम्पसार सुति रहेका त, कोही प्रेमिल जोडीहरु आलिंगानमा मदहोस् उडाएर, के–के गर्नमै मस्ती लुटि रहेका देखिन्थे । टु पिसमा केटाकेटीहरु निर्वाध बेस्फिक्री देखिन्थे । देख्दा कता–कता काउकुती लागी रहेथ्यो । अनि रोमाञ्चक पनि उस्तै बन्दै थिएँ के । जो मेरो आँखाले लुकीचोरी हेर्ने गथ्र्यो ।

आहा…….! लुकीचोरीमा हेर्नुको मज्जा नै पो बेग्लै हुने रहेछ के । जाबो एउटा बबुरो नेपाली केटो न पर्यो । त्यो नि केही नजान्ने खलिफा लिम्बुको छोरो । एक नम्बर अनाडी के । आन्तः जीवनमै पहिलोपटक नियात्रामा निस्कन्दा, प्रत्यक्ष आफ्नो आँखाले यस्तो चाखलाग्दो परिदृश्यहरु देख्न पाको न हो गाँठे….! हेर केटा हेर । आँखा च्यात्ती–च्यात्ती हेर्ना । हेर्नलाई किन डराउँछस् ? त्यो हेर्नलाई नै त हो, उनेरुँले उसो गरेको नि । अघाउँञ्जेल हेर्ना के । आखिर यो आँखा भनेकै त हेर्नलाई त हो नि । संसार हेर्नलाई त माङ(देवता)ले सृष्टि गरि दिएको हो । हेर्नलाई किन लाज/धक मानेको नि…..? यदी तँलाई हेर्न लाजशरम लाग्छ भने, किन त्यहीँ अन्धभोगी नेपाली आँखाले हेर्नु पर्यो नि..? हैट…..! ऊ (त्यो प्रेमिल जोडीहरु देखाउदैं) तेनारुँ कुहिरेहरुको आँखा लगाएर हेर त । संसार कति फराकिलो र सौन्दर्यताहरु बाँडेर बाँचेको छ । तँ भने उहीँ नेपाली ढुंगेयुगको आँखाले हेर र त्यहीँ तँ ओथारोमा बसी राख । संसारको मान्छेहरु तँ जस्तै मात्र नेपाली समाज शास्त्रीय सौन्दर्य चेतहरु बोकेको भए, आज यसरी सामुन्द्र माथी जहाजको यात्रा गर्न पाउथिस् होला स्याँठा……..!

एउटा प्रेमिल जोडीको सलको सप्को हावाको झोंकामा उड्दै आयो र मेरो अनुहार स्पर्श गर्दै अन्याँस आँखा छोपी दियो । जसले गर्दा पो झसंग भएछु । म त आफै भित्रको मनोवादमा पो संवादभाव भित्र एकोहोरिएर ती प्रेमिल जोडीहरुले के–के न गर्दै गरेको रोमान्टिक दृश्यहरु पो बढो ध्यानपुर्वक रोमान्चित बनेर हेरि टोपल्दै रहेछु के । आर्रे…..! म भित्रको अर्को स्वच्छन्दवादी पात्रले पो मलाई एक्सचेञ्ज हुन यानेकी, त्यो हेर्ने दृष्टिकोण पुर्ण रूपमा बदल्न जोडवल गर्दै थियो । म त उसै नि ती दृश्यहरु हेर्दा हेर्दै तीनदाङ भई सकेको थिएँ । एक तमासले हेरेका ती परिदृश्यहरु जब सप्कोले अनुहार छोप्न आएथ्यो, उसताक म इमोसोनोल्ली रूपमा कहिँ कतै वहकिन्दै थिएँ हुँला सायद । मात्रै के झस्केथें, आँखा तिरमिराएसी ती दृश्यहरु देखिन । आफैलाई फेरि एकपटक बेश्कनै चिमोटे र आँखा मिचें अनि उघारी हेरें । ती प्रेमिल जोडीहरु उस्तै सापेक्ष थिए । जो यो यथार्थ धरातलमा उभिएको बोध गरे । र आफुलाई सम्हाल्न पुगें । सम्झें जति आनन्द र मज्जामा रमाएर खुशी लुट्नेहरु देखिन्छन् । अझ त्यो भन्दा बढी त हेर्नेहरुलाई पो होला भन्ने लाग्यो । आम्मई….! रमिता हेर्न कम्ता मज्जा आउँंदो रहेछ त ।

देश त नेताहरुले उहीँ अघि मैलै हेरी रहेको टु पिसमा बोल्ड हर्टली देखिएकी युरोपियन केटीहरु जस्तै न अर्धनग्न बनाको छन् । सम्झनोस् कि, सत्ता र सुन्दर स्त्री एउटै मानिन्छन् ।

आखिरी केही नै गर्न नसक्ने म जस्तो हुत्तिहारा नामर्दले, अरुले के–केहरु गरेको रमिता न हेर्ने हो । त्यहीँ रमितै हेरेरै त मज्जा र आनन्द भएको फिलमा सदा बाँची रहने हो । अब त्यो भन्दा पर त, के नै पो गर्न सकियो र..? बेकार यो लोकको भार भएर मुर्दा समान भएर बाँचिएको छ । वास्तवमा एउटा ज्युँदो लास जस्तै न भा छ यो काया चोला । न देशको प्रधानमन्त्री, न मन्त्री, न कुनै दलीय पाटीको साँसद, नेता वा न कुनै जीएम. हाकिम नै बन्न सकियो बरा…….! कम्तिमा यी मध्ये कुनैपनि पदभार मात्र ग्रहण गर्न सकेको भए, रातारात मालामाल हुने थिएँ । ऐस आरामका साथ लक्जरी शैलीको जिन्दगी त विताईन्थ्यो । देश लुट्न सक्ने लाईसेन्स त मिल्न सक्थ्यो । आहा……! आज त्यो नेता मात्र बन्न सकेको भए, करौडौं अरवौको मालिक बनी सक्ने थिएँ । के गर्ने सम्पती निर्माण गर्न त राजनीति नेता बन्नै पर्ने रहेछ । आन्तः राजनीति गर्नेहरु मात्र सत्ता र शक्तिमा पुग्न सक्ने रहेछन् । आखिर करौडौं, अरवौपतीको बलशाली, शक्तिमानी मालिक हुनलाई त शासक नै बन्नु पर्ने रहेछ । अनि शासक बनेसी त देशको ढुकुटीमा रजाईँ गर्न निस्फिक्री हुने रछ के । अब पछुतोमा छुकछुक मानेर गर्नु के रहेछ र..? उहीँ शासके नेताहरुले देश लुटेको अनि मनपरी राज गरेको टुलुटुलु रमिताहरु हेर्यो बस्यो बस् ।
यस अघि नै किटानी जाहेरी त दस्तखत गरि सकियो की, यो चोला सिर्फ अरुले मज्जा र आनन्द लुटेको, बाँडेकाहरुको सदर फड्के साक्षी बस्ने रमितेहरु न परियो कठै……! हो यतिका लागि मात्र हामेरुँ नेपाली नागरिकजनको ट्याग लगाईएका हौं । मतलव जन्मेका र भएका हौं । उनेरुँले गरेको सत्ताभोगको रमिताहरु हेर्नमै रमाई रहयौं र पहिले आफैनै स्खलित बनी रहयौं । सो रमिता हेर्न मै राजनीति ईतिहासमा नेपालीजनले वल्र्ड रेकर्ड ब्रेकनै गरि सक्यो । बाँकी अन्तर्राष्ट्रिय सम्मानित विभुषण पदक न प्राप्ति गर्नुछ । आन्तः देश त नेताहरुले उहीँ अघि मैलै हेरी रहेको टु पिसमा बोल्ड हर्टली देखिएकी युरोपियन केटीहरु जस्तै न अर्धनग्न बनाको छन् । सम्झनोस् कि, सत्ता र सुन्दर स्त्री एउटै मानिन्छन् । जो एकपटक भोग गर्न पाएसी त्यो फेरि भोग्न मन लागी रहन्छ रे भनिन्छ । अन्ततः त्यो भोगवादी किलर नै बन्न पुग्छ । हो त्यहीँ किलरहरु न हुन् यी शासकहरु । जसले यो देश लुटी रहेका छन् । जसले यो देशको राष्ट्रिय अस्मिताहरु माथी आफै बलात्कार गर्दै भोग गर्नमा आनन्द लुटि रहेका छन् । आज तिनैलाई नै यो देशको पहिलो नम्बरको स्वभिमानी राष्ट्रवादी ट्यागको पगरी पनि गुथ्याईएको छ । जसले संस्थागत नीति निर्माण मार्फत खुलेआम भ्रष्टाचार गर्न छुट दिएको छ । मानौं जसरी गिद्वहरुले सिनो लुछी रहेको देख्न सक्छौं । हो उसैगरी नै यो देश लुँछाचुँडी गरि रहेछन् ।

भ्रष्टाचार गर्नमा हामेरुँको शासकहरु त एसिया मै पहिलो नम्बरमा दर्ज हुनेछन् । अन्य मुलुकहरुसंग कम्पिडिसन गराई दिने हो भने यीनै शासकहरुले पहिलो बाजी नै मार्न सक्नेछन् । यस्तो करप्सन गर्ने कम्पिडिसनको मामिलामा येनारुँ कहिल्यै थाक्न नसक्ने रेशका घोडाहरु नै हुन् । आन्तः हिजो तीन दशक अघीसम्म केही नभाका हरिकंगाल देखिएका लठ्ठकहरु जो आज देशै किन्न सक्ने सम्पतीका रखवाला मालिकहरु बनी सके । भनेसी त येनारुँलाई ईन्टरनेश्नल ट्रान्सपोरेन्सीले देशको गरिमा एवं ईमान जमान राखीदिए बापत अन्तर्राष्ट्रिय तोक्मानै दिलाई दिनुपर्ने हो । सो सम्मानार्थ पदक दिलाई दिन नसक्नु चाहिँ यो ट्रान्सपोरेन्सी एजेन्सीको महान गल्ती ठहरिने भाछ भने यो हामेरुँको देशको माङगेन्ना पनि त उसै ढल्ने भो । यी शासकहरुको हकमा भने घोर अपमान नै हुनेछ । देशको नाम मार्फत शासकहरुले यी यस्ता सम्मानहरु पाउँदा आम नागरिकजनले छाती ठोकेरै भारी गर्व गर्नै पर्ने हुन्छ । आन्तः आफ्नो देशको नामसंगै कुशल शासकको रूपमा आफ्नो ब्यक्तित्वको अग्लोकद उभ्याउँन सक्ने अहोभाग्यमानी भनेका पनि यिनै शासके नेताहरु न हुन् । यिनलाई अग्रिम हार्दिक बधाई तथा शुभकामना त दिनै पर्यो क्यारे । साथमा राज्यको तर्फबाट २१ तोपे सलामी नि दिलाउँलान् नै । आखिर सत्ताको बागडोर नै यिनैसंग भएसी आफै धामी, आफै बोक्सी हुने पनि आफै न हो ।

ओहो……! हेर्नुको मज्जामा आफै पो हराई रहेको थिएँछु । प्रेमिल जोडीको त्यो सप्कोले मैले लुटि रहेको आनन्दको समाधीभोग भंग गरि दिएसी त म कता–कतातिर वहकिएँ, वहकिएँको थिएँछु के । कता आफ्नो देशको शासकहरुले देखाएको नौटंकी प्रहशनहरुको कित्तामा उभेर पो तेनारुँको शल्यक्रिया गर्दै भाव बेगमा बेश्कनै डुब्न पुगेछु । थुक्क तेरो जिन्दगी । बल्लतल्ल यस्तो स्वर्गजस्तो आभाष दिलाउँन सक्ने नियात्रामा सामुन्द्रीक जहाजको रश्वादान गर्न बाहिर निस्केको यात्री खाली वहीँ देशको चिन्तन र शासकहरुको विरत्तेजोक टिप्पणी औं आलोचना गर्नमै सदा रेडी पोजीसनमा हुनुपर्ने । मतलव जहाँ जतीखेर पनि यी शासकहरुको उछित्तो काढ्न थुतुनो पड्काउँनै पर्ने र लेख्नै पर्ने । के यो देशको चिन्ता गर्ने र शासकहरुलाई सदाचार सिकाउँने तैंलेमात्रै ठेक्का लिएर बसेको छस् ……? तिनलाई गालिसाली नदिई बस्दा तँलाई खाको पच्दैन ? स्याँठा……..!
(म भने यस्ताका यथार्थमा पुनः ओर्लिएसी खित्का छोडेर हाँस्न पुगेछु ।) हेहेहे…….! मेरो दर्पणछाँयाले यसरी आफैलाई खुवै झटार्दै थियो । म मौंनतामा मुसुमुसु दुई र्पैसाको दाँत देखाउँदै विशाल आफ्नो साम्राज्य फैलाएको तरंगीत समुन्द्रतिर दृश्याँपान गर्न आफुलाई मोडें । र नियात्राको एकाग्रतामा मन मष्तिष्कको कनेक्सन जोड्नेतर्फ ध्यानाकर्षण खिच्दैं गएँ ।

अतः म संगै थप केही मान्छेहरु भने जहाजको पुतली बाहिर निस्केर समुन्द्रको सौन्दर्यतासंग मस्त छिल्ली रहेका थिए । जहाँ सामुन्द्रीक जीव डल्फिन र ह्वेल माछाहरुको पौडीवाज हेर्नलाई छुट्टै मज्जा आउँथ्यो । जो आँखाको ढकनीहरु बन्द नगरीकन हेरि रहेको प्रतीत हुन्थ्यो । आहा……! म त अर्कै लोकको संसार हेर्न नियात्रामा हिंडे जस्तो लाग्थ्यो । समुन्द्रको तरंगहरुले जहाज हल्लिंदा शैशवकालमा चाकाचुली खेलेको झैं आलो याद दिलाउँथ्यो । अलिक बढी तरंगको उच्छालहरु आउँदा भने कस्तो–कस्तो फिल हुन्थ्यो के । फेरि यस्तो देख्दै आङनै सिरिंग हुने समुन्द्र र जहाज यसअघि कहिल्यै देखेको थिईन् । उसो त समुन्द्र र जहाजनै नदेखेको भने रत्ति होईन । गत महिना अघि हङकङ यात्रामा निस्कन्दा त्यहाँको समुन्द्र र जहाजको रस्वादान गर्ने अवसर भने पाएथें । तथापी, यस्तो बडेमानको जहाज र समुन्द्रको उपभोग जहाँ नहुदा मलाई त्यस्तो भीमकाय चोला भएको फिल भा होला सायद । म त उसै नि मख्खै थिएँ । नानाथरीको परिदृश्यहरु आँखाभरी उन्नुपर्दा विछट्टै आनन्द त लागीरहेथ्यो नै । उस्तै मन भने उदास र बैचेंन बनी रहेथ्यो । जो एक्लै नियात्राको सम्मोहनमा भोग गरिरहेथ्यो । सिर्फ केवल एक्लै–एक्लै मात्र ।

प्राय सप्पै प्रेमिल जोडीहरु देखिन्छन् । वेहिसाव तिनिहरु कहिले आलिंगनमा कसिन्छन् त, कहिले तिनका लाली ओठहरु जोडिन्छन् । कोही अनुहारमा मोही खाँदै थिए । कोही भने केशहरु मुछार्दै थिए । यसो नाईन्टी डिग्रीको कोणबाट चिहाएर हेर्छु त गाँठे……! दृश्यहरु त हेरि खपी नसक्नु देखिन्दो थियो । समुन्द्रको त्यो उच्छाल तरंगहरुको उदबेगहरु जोड्से जोड तलमाथि उठ्दै थियो । जसको तरंगीत बहावमा मेरो शरीर पनि तलमाथी हल्लिन्दै थियो । खोई समुन्द्रको उच्छाल तरंगहरुले कम्पन ल्याको हो की, ती प्रेमिल जोडीहरुको रतिक्रीडाको कम्पनले ल्याएको हो । यो ज्याँनले त कुनै भ्याउसम्म पाउन सकिरहेको थिएन । बरु शरीरमा एकप्रकारको कम्पन आई रहेको फिल भई रहेथ्यो । कुछ–कुछ लगरहा है । और कुछ–कुछ होता है । खोई त्यो हेर्न नहुँने कु–ठाउँहरु आँखाले देख्यो र हेर्यो । सायद शरीरमा कम्पनको तापक्रमको डिग्री त्यसैले ह्वात्तै बढाई रहेथ्यो । जसले खप्परमा बारबार तातो सोला हानी रहेको फिल गराई रहेथ्यो । चिसो सिरेटोबीच पनि मलाई भने चिटचिट पसिनाहरु आई रहेथ्यो । विशेष निधार र नाकको डाँडामा उम्रन्दै थियो । श्वास र धड्कनको गती बट् स्लोली–स्लोली स्पीड बढ्दै जाँदै थियो । उफ……..! साला यो नियात्रामा के के देखि भोगी मर्नुपर्ने । अप्राप्ती हुने आनन्द औं मज्जाहरुको रस्वदानहरु लिदैं के–के सहदैं जुनी काट्नु पर्ने हो, लै..लै…? फेरि त्यो भुलबस थियो भन्नु पनि पो कसरी..? सप्पै उनेरुँले नै ह्वाङै देखाई दिएसी नदेख्ने पल्टनु नि कसरी नि..? आँखा चिम्ल्यो । अन्तर मन हेर्न जागृत भई हाल्ने रछ । एकपटक देख्या चीज आँखै बन्द गरे नि के भो र..? मनमा शिल उनेसी त्यो जहिले पनि ह्वाङै त देखिन्दो रहेछ । तिर्खा जगाउँने प्यासी त आँखा होईन रहेछ के । केवल त्यो अन्तर मन रहेछ ।

मेरो लागि त अव  सामुन्द्रीक जहाजको यात्रा पनि किन–किन कुनै रेडलाईन एरियाको बेश्यालय मलतीर पो ईन्ट्री मारियो की जस्तो मनमा एक्कासी झस्को पस्यो । उफ………!

आँखा त क्यामरा जस्तै लाग्यो । क्लिक–क्लिक खिच्यो, तस्वीर मेमरिज कार्डमा सधैलाई कैद गरी राखिदिने । आर्रे……! आँखा त हेर्नलाई मात्र कहाँ रहेछ र….! रुनलाई अनि सिम्बोलिक रुपधारणको अनुभुत दिलाउँनलाई पनि त रछ भन्ने लाग्यो । मान्छे बाहिरको शासनसत्ता चलाउँने भनेकै यहीँ मन त रहेछ । मान्छे भित्रको सत्ता भनेकै मन रहेछ । अन्तर मन, अन्तर आत्मा, जे सम्बोधन गरे नि भो । लोकमा देखे जत्ती सप्पैको उपभोग गर्ने र नियमनको आचारसंहिताको साँध सिमानाहरुको रेखाङ्कन स्क्याच गर्ने शासक वहीँ मन रहेछ । दया, मायाँ, करुणा अनि लोभी, पापी, घमण्डी र क्रुर अघोरी दानवको अवतारहरु पनि यसै अन्तर आत्माले निर्माण गर्दो रहेछ । सही या गलत, न्याय, अन्यायको तुलकाँटा जोख्ने स्वविवेक अधिकार पनि यहीँ अन्तर मन, आत्माले नै ग्रहण गर्ने रहेछ । यस्तै के–के सोंचनीहरुको भावभङगीमा वेकसुर डुब्दै थिएँ । ती दृश्यहरुको आलोकले म भित्र भने ज्वारभाटाको आगो दन्किन्दै थियो । शरिरको तापको भोल्टेज आफसेआफ बढ्दै जाँदै थियो । लाग्थ्यो समुन्द्रमा हाम फालौं कि अघोरी किलर बनौं । मादक लाग्ने यी पर्दिृश्यहरु मेरा लागि बहुत ज्यानमारा परपिडक जस्तै थिए । जसले बहुत तड्पाई–तड्पाई ज्युँदैं मार्दै थियो । निरपराध भा यो ज्याँन एउटा कसुरदारी अपराधी झैं वेकसुर सजाय भोग्दैछु जस्तो लाग्थ्यो । मेरो लागि त अव सामुन्द्रीक जहाजको यात्रा पनि किन–किन कुनै रेडलाईन एरियाको बेश्यालय मलतीर पो ईन्ट्री मारियो की जस्तो मनमा एक्कासी झस्को पस्यो । उफ………! न किलर नै बन्न सकियो । न समुन्द्रमा नै हाम फाल्न सकियो । न त यात्राबाट भाग्न नै सकियो । कस्तो फसाँदमा जाकिएँ म । कुनै समयताका आफै बाटो विराएको कोलम्वस यात्री झैं म हराई रहेको थिएँ ।

परन्तुः कुनै मुर्ती समान शालिक ठडिए झैं स्तम्भ भई खडा हुनुको एकरत्ति विकल्प पनि थिएन । जसको खातीर जो समुन्द्र जस्तै महासागर बन्नु बाध्यता थियो । जस मुताविक जहाजको पुतली पाखाको रेलिङ समाएर चिसो सिरेटोको बहाव ग्रहण गर्दै आवेगको जलन शान्त पार्ने मोड्मा थिएँ । कतै सिटमा एकठाँम बसौं । र मनलाई स्थिर राख्न सकौं । अपितुः त्यस्तो माहोल पनि थिएन । फेरि दृश्याँपान गर्न नियात्रामा बटुवा बन्न बाहिर निस्केको मान्छे, आँखाले देखे जति त अघाउँञ्जेल हेर्नू नै थियो । कुनै सिमारेखाहरु नराखी सर्वत्र हेरि टोपलें । भलैः स्वर्गानुभुतीको आनन्द औं मज्जाको स्वाद लिने बहानामा कसैको सर्वश्व चीरहरण गर्नु पनि त थिएन । बरु चुपचाप मौंनतामै धित मरुञ्जेल रस्वदान ग्रहण गर्नु नै थियो । रेड लाईन एरिया जस्तै लाग्ने त्यस्तो हुल भित्र एउटा यो बबुरो अनाडी खलिफा ज्यानले केवल मुकदशक बनेर टुलुटुलु रमिते बन्न सिवाए के नै गर्न सक्ने दम राख्न सक्थ्यो र……..? कठै….! बरु तिनै टु पिस वालीहरुले उल्टै पो रेप गर्लान् की भन्ने कता–कता मनमा त्रासदी बढ्दै थियो । किनकी उनेरुँको त्यो समुन्द्र जस्तै देखिने निलो हरियो आँखाहरुले मलाई हरेकपटक चिथोर्दै सेक्स किल्ड गर्दै थियो ।

पहिलोपटक मैले उनेरुँलाई देख्दा यस्तो भावभङगीहरुमा देख्न सकेको थिइन । जब यिनका स्वच्छन्दवादी कृयाकलापहरुलाई नजिकबाट पोईन्टमार्क गर्दै गएँ । देख्दा हेर्दा निकै भल्गर लाग्ने त्यो कृयाकलापले म भने रोमाञ्चितबाट विमुख हुँदै थिएँ । जव ती उत्तेजित देखिने दृश्यहरु लोकलाजको दुरीबाट टाढा थियो । जहाज आफ्नै रफ्त्तारमा द्रुतगतिमा तैरी रहेथ्यो । मलाई भने तेनारुँको भद्दा भल्गर देखिने माहोलले किन–किन बन्दी बनाएर ऐंचाएर राखेको जस्तो एहेसास हुन थालेको थियो । त्यहीँ कारण येनारुँको नांगेनी आँखाहरुबाट बच्न या त नदेखिन दृश्य हेर्ने दिशाहरु बदल्दै ओझेल भई रहें । ताकी तिनका आँखाहरुले नेदेखुन् भन्ने थियो । कुनै समय मलाई यी निलो आँखाहरु खुवै मन पथ्¥यो । ज्याँदै हर्ट, बोल्ड एण्ड सेक्सी लाग्थ्यो । अहिले यी आँखाहरु यसो हेरी टोपल्छु, पटक्कै सुन्दर लाग्दैनन् । यसो गम्छु, ठ्याक्कै फक्तिम्बाको (लाटोकोसेरो चरा) जस्तो पो देख्छु । भीडभाडमा प्राय यी सबैको आँखाहरु निलो देखिएकोले होला सायद । हुन त निलो आँखा भएकाहरु सबै उस्तै भल्गर लाग्ने भने थिएनन् नै । भलैः तिनका आँखाहरु उस्तै रंगका भएकोले त्यस्तो फक्तिम्बाको सिम्बोलिक रुपमा देखेको हुँला की……!

फलतः यसताका म भने भीमकाय डल्फिनको रोमाञ्चक दृश्यहरु हेर्न उस्तै आतुर थिएँ । डल्फिनलाई ब्रेन सेन्समा मान्छे पछीको दोश्रो चेतनशील प्राणी मानिन्छ । यो प्राणीप्रती अघोरै स्नेहता छ । हुन त म आफू प्युर भेजिटेरियन मान्छे भएकोले होला, यो जगतलोकमा सृष्टि भएका सप्पै प्राणीहरुको उस्तै मायाँ लाग्छ । जे होस् आफ्नो कारण कुनैपनी प्राणी जीवहरुको ज्याँन जान नपाओस् भन्ने हो । वहीँ श्रद्वेय आनी छोईङ डोल्मा दिज्युले गाउँनु भएको यो गीतको सारभाव जस्तै होस् भन्ने लागी रहन्छ । चित्त शुद्व होस्, मेरो बोली बुद्व होस्, मेरो पाईतालाले किरै नमरोस् भन्ने लागी रहन्छ, बस् । अतः डल्फिनसंग मेरो पहिलो साक्षत्कार मुलाकात भने हङकङको ओसियन पार्कमा भएथ्यो । आहा………! आज उसैसंग दोश्रोपल्ट उसैको संसारमा रमाएको हेर्ने अवसर पाई रहेछु । ऊ जहाज पछ्याँउन आतुर झैं देखिन्थ्यो । लङजम्प हान्थ्यो र फेरि पानीमाथी द्रुत गतिमा सलल तैरिन्दैं पौडन्थ्यो । यस्तो रमाईलो औं आनन्दको क्षण डल्फिनसंग साट्न पाएँ । सार्है अल्लादित भएँ, यानेकी औधी खुशीहरु साटी रहेको थिएँ ।

कुनै चिज जति छोप्यो र लुकायो त्यतिनै त्यसको गरिमा र महत्व हुने । आफू भित्रै रहेका ती चीजहरुले आँखीझ्यालबाट चिहाएर हेरेको ओहो……! कस्तो सुन्दर देखिने कास शरीर बीच घर्षण गरेर स्खलित हुनुमाभन्दा आईसेक्समा हराउँनुको स्वर्गियानुभुतीको मज्जानै बेग्लै हुने ।

फोकट् त्यो भल्गर देखिने निलो आँखाहरुमा आनन्द र मज्जाको संसर्ग गर्नुमा के ना के भुलिएछु । थुईक्क स्याँठा…! अहिले पो छुक्छुक लागेर आयो के । त्यो के आँख्यान रे, लाटाले पापा हेरेको जस्तो । मेरो दृश्याँलोकन ठ्याक्कै वहीँ लाटाकै पारा त भएछ नि । अलिक बाठो चतुर भएको भए यस्तो माहोल अर्कैतीर क्रीएट गर्न सकिन्थ्यो होला सायद । सत्र अभागी अनाडी यो बबुरो खलिफा ज्याँन न पर्यो । यदी लोकलाज अपगालको सामाजीक लगाम नहुदों हो त यो ज्याँनले त्यो विकिनी र ब्रामा देखिने ती निलो आँखा भएका ग्ल्यामरस मोडेलहरुसंग उनेरुँकै कल्चरसंग भरमग्दुर रमाउँन सक्थ्यो होला नि सायद । तर म भित्रको अन्तर आत्मामनले मर्यादित सामाजीक नैतिक दायरा नाघेंर जान दिएन । आफुलाई नैतिकताको कठघरामा उभ्याएर चारित्रीक मर्यादाको पालक बन्न उत्प्रेरित गरि रहयो । जसको कारण आफुलाई काबुमा राखी रहन सकेको थिएँ । एकैचोटी ह्वात्तै सर्वाङगै देख्नुमा भन्दा छोपेर लुकाई रहेको चीजहरु देख्न र हेर्नमा झनै आकर्षणता लुकेको हुने रहेछ । जति ढाक छोप गर्यो, उतिनै कौतुहलता र मृगतृष्णाको काकाकुल । जति छोप्यो र लुकायो त्यतिनै त्यसको गरिमा र महत्व हुने । आफू भित्रै रहेका ती चीजहरुले आँखीझ्यालबाट चिहाएर हेरेको ओहो……! कस्तो सुन्दर देखिने कास शरीर बीच घर्षण गरेर स्खलित हुनुमाभन्दा आईसेक्समा हराउँनुको स्वर्गियानुभुतीको मज्जानै बेग्लै हुने । जसको परम आनन्द लुट्नुको अर्को चीर स्मरणीय स्वर्गिय सुखानुभुतीको एहेसास नै कहाँ होला र..? तसर्थ, हो त्यहीँ नदेखिनुमा त आकर्षणताको केन्द्रबिन्दु लुकेको छ । जो पुरुषवादी भालेहरु हेर्न र भोग गर्न सधैं उत्सुक एवं तत्परता देखाई रहन्छन् । वास्तवमा भन्ने हो भने निलो आँखाहरुमा हो त्यहीँ आकर्षणता रत्ति थिएन/देखिएनन् ।
भलैः म समुन्द्रपारिको किनाराहरु हेर्नु नि उतिकै आतुर थिएँ । ओहो…..! किनाराहरु पनि उस्तै टु पिस वालीहरुकै कव्जामा रहेछन् । जहाजमा त ठिकै तर समुन्द्रको जगरबगरमा येनारुँकै प्रभुत्व के । उफ……..! यो भन्दा परको फरक दृश्यापान गर्न सकिएन । निंदहराम गरिदिए जस्तै भो । जो देख्दा र हेर्दा म वाक्क, दिक्क भईसकेको थिए । किनाराभरी रंगीचगीं टेण्डहाउसहरु बग्रेल्ती उभेका थिए । उहीँ केटीहरु टु पिसमा र केटाहरु वान पीस शोमा देखिन्थे । समुन्द्र तटमा तेनारुँ सब उत्तानो परेर लम्पसार पल्टी रहेका थिए । लाग्थ्यो, वायुयानसंग समाधीभोगको रोमान्स गरिरहेछन् । मलाई झोंक चल्यो र त्यस्तै सोच्न पुगेछु । आँखाले देख्न भ्याएसम्म टाढा–टाढाको दृश्यहरु हेर्दै गए । परन्तु, यी विकिनी र ब्रामा शरीर छोप्न खोज्नेहरुको संसार देख्न पाउँदा अघाई सकेको थिए । निकै क्लान्त बनी सकेको थिए । फेरि त्यो चीजहरु कति हेर्नू के । हेर्दा हर्दै थाकी सकें । मोबाईलको स्क्रीनमा के हेर्ने.? जो मोबाइल देखिने चीजवीजहरु सप्पै त यहीँ प्रत्यक्ष आँखाले ह्वाङगै त देख्दै थियो ।

अन्तः यी दृश्यहरु कति क्लिक गर्नु । कति आफैमात्र एक्लै सेल्फी खिची रहनु । निलो आँखाहरुसंग ल्यापासिएर खिच्ने कुरो नि भएन । ईमोस्नल्ली करेन्ट लाग्ला भन्ने भन्दा पनि तेनारुँसंग बात पो लाग्ला भन्ने सार्है डर थियो के । जाबो त्यहीँ सामुन्द्रीक जहाजको यात्रामा फल्नाले कुहिरेनीहरुसंग खुब रोमान्स पो गर्यो भन्ने मिथ्या भ्रम छरी दिए भने पनि वित्याँस होला भन्ने चिन्ता थियोे । त्यहीँ मानेमा पनि उनेरुँसंग मेरो आकर्षण रत्ति हुन सकेन । उसै त तेनारुँको परछाँयाहरुबाट भाग्दै नि थिए ।

एउटा बाध्यता चाहिँ के थियो भने निलो आँखाहरुलाई नहेरी, नदेखी एकरत्ती धरै थिएन । सुखै नि थिएन के । स्याँठा….! एता फर्की उनेरुँ नै, उता फर्की तेनारुं नै कति हेर्नु देख्नु हौं ? यी निला आँखाहरु भन्दा परका पनि केही सुन्दरीहरु थिए नै । तर यिनीहरु कोही मंगोलियन त कोही काला रंगका ठुलो ओंठ भएकी हब्सिनीहरुको अनुहार पनि देखिन्थे । निलो आँखा नभएका तर कुहिरेनीहरु हिउँ जस्तै सेताम्मै स्किन भएकाहरु भने काफी थिए । उनेरुँलाई हेर्दा लाग्थ्यो चाईनिज, कोरियन र जापानीजहरु हुनुपर्छ सायद । कुहिरेनीहरु भन्दा येनारुँ केही सान्त र भद्र टाईपका देखिन्थे । अलिक चुदुरबुदुर नगर्ने शैलीका के अर्थात चञ्चले र बुलबुले स्वभाव नदेखिएका, नभएकाहरु । अलिक स्मार्ट लाग्थ्यो । टु पिसमा नदेखिए नि पारदर्शी गेटअपमा हदै खुलेका । बरु कोही कोहीचेन हेरी रहुँ झैं लाग्थ्यो हौ । भद्धा, भल्गरहरु हेर्नू भन्दा यी मंगोलियन ब्राण्डका अनुहारहरुमा मादकता थियो । हेर्नलाई मात्र पनि छुट्टै इन्जोय हुन्थ्यो । हेर्दा देख्दा चाहिँ उधुम्मै राम्री देखिने के । तर तिनको मुस्कानहरु फुत्किन्दा त, गाँठे..! तिनका सुन्दर देखिने अनुहारहरु त क्षणभर मै कुरुप झैं देखिने । तिनको मुस्कान फुत्क्यो कि, ठ्याक्कै आराको दाँतहरु जस्तो लाग्ने । आर्रे….! तिनको सौन्दर्यताको सेक्स अपीलले पनि मुस्कान फिस्स उघार्दा त बा उल्टै दाँतहरुको धारले रेट्ला जस्तो फिल हुने के । यथार्थ त्यहीँ नै हो, जुन जतिसुकै सुन्दर बस्तुहरु किन नहुन, जो खोट रहित भने कदाचीत हुनन् । कसैले पनि आफ्नो सुन्दरताको अंहकार नगरेकै राम्रो, जे छ त्यसैमा रमाउँनु भलाई छ ।

उफ……! म भने यस्तै–यस्तै परिदृश्यहरुको चिन्तनको बहकाउमा थिए । लामो सुस्केरा हालेर खुईयाँ काढ्दै थिए । अन्यासै सानो भोल्युममा एउटा मीठो धुन मेरो कानको छिद्र प्वालभित्र स्वाट्टै घुस्यो । त्यो धुन सुन्ने वितिक्कै म सदा फिदा हुने गर्छु । त्यो धुनले मेरो फ्ल्यास ब्याकमा भएको कहरहरुको, पलहरुको सप्पै–सप्पै चीर हरण गरेर लैजान्छ जस्तो लाग्छ । त्यो अरु कुनै धुन थिएन । उहीँ टाईटानिक धुन थियो । ओहो..! यो धुन आज अन्यास कहाँबाट गुञ्जियो..? मलाई बढो उत्सुकता जाग्यो । धुन कहाँबाट गुञ्जिन्दै छ भन्ने भ्याँउ पाउन सकिएको थिएन । म भने धुन गुञ्जन भएतीर जान हतारिन्दै थिएँ । किनकि यी रुखो नग्नताले पट्ट्यारलाग्दो भाथ्यो, यात्रा कतै भागुँ जस्तै भने भाथ्यो । यस्तो भा बेला उस्तै ज्यानमारा त्यो धुन गुञ्जीएपछी आशिक प्रेमीलाई के चाहियो र के..? यो धुन सुन्यो की खोई किन हो, शरिरभरी एकखाले काँढाहरु उम्रेर ठाडा–ठाडा हुने गर्छन् । त्यसै–त्यसै उदास र विरक्तीन्छु हौ । उसो त म न कुनै देवदास नै हो । न त वेताब नै भा मान्छे हो । न त कसैको दिवानी आशिक भएँ वा बनें के । ता पनि कासः यो धुन सुन्यो की भाव बेगमा कता–कता हराउँन पुग्छु । ज्याँन खान्छ के । म त्यो धुन नजिक पुग्न कतिखेर हुलभित्र छिरी हालेछु । पत्तो नै पाईन छु ।
आहा……! कस्तो आनन्दमय सुखान्त माहोल । देख्दै, सुन्दै मात्र पनि कस्तो स्वर्गियानुभुतीको फिल हुने । सांगीतिक रौंनकता आफू अघि उभिएको ठाउँको ठिक ओपोजिटतिर एयर ल्याण्ड पार्किङमा रहेछ । जहाँ ४÷५ जना संगीतप्रेमी कलाकारहरुले भइल्युम रेटि रहेका देखिन्थे । मन कस्तो अल्लादित भयो । साच्चै म त भावविह्वल बनेंछु । आँखा कतिखेर रसाएछन् । धुनहरुसंगै टिलपिल भएथ्यो । मन्द मुस्कानभित्र बहुत रोमाञ्चित बन्दैं खुबै रमाउँन पुगेछु । धुनहरुको भोल्युम अझ झन् बेश्कनै बढ्दै थियो । म त धुनभित्र एकाग्र भएर हराई सकेछु । अट्टाहास हाँसो र तालीहरुको परर एक्कासी आवाजहरु थुरिन्दा मात्र धुनभित्रको मेरो समाधी मोह भंग हुन गएछ । आँखा उघारीं हेरें । आर्रे…..! हेर्दा त साल्सा डान्स पो उधुम्मै मच्ची रहेथ्यो । प्रेमिल जोडीहरु बडो गज्जवले नाची रहेथे । क्षित्तिजमा घाम डुब्न लागेथ्यो । गोंधुँली साँझमा वातावरणले चोला फेर्दै थियो सायद । माहोलको रौंनकता बढो मेहेफिल बनेथ्यो । पाका उमेर भएकाहरु पनि तन्नेरी जोशमा साल्सा डान्समा रमाई रहेका देखिन्थे । युरोपियन कल्चरलमा नाचिने यो साल्सा, यसअघी नजिकबाट यसरी प्रत्यक्ष नाचेको कहिल्यै देखेको थिईन । जति हेरें, देखें ती सबै हलिउड मुभी मार्फत मात्र हेनर्, बुझ्न पाएँथें । सप्पै नाची रहेको देख्दा नाच्न त मलाई नि रहर लागीरहेथ्यो । किन्तुः बिचरा यो ज्यान एक्लै थियो । फेरि यो साल्सामा एक्लै नाच्न त मर्दा नि नहुने, नमिल्ने रछ के । खाली जोडी–जोडी बनेर नाच्ने संस्कृति रहेछ । नाच्ने मौका नपाए नि मेरो भाव भङगीनिमा हाउभाउहरु भने बेश्कनै संगीतको लय तालहरुमा खुबै नाची रहे झैं लाग्थ्यो । हेर्दै सार्है मज्जा लुटि रहेको थिएँ । बस् …..!

विशेष त यो शानदार मुभी टाईटानिकको धुन थियो । जुन मुभीको यो यथार्थमै कालजयी म्युजिक धुन थियो । संयोग आज फेरि यो धुन मैले यात्रा गरेको जहाजमा बेजोड गुञ्जन्दै छ, त कोही नाच्नमा उस्तै मस्ती पनि छन् । उसताक टाईटानिक जहाजले गुमाएको एउटा प्रेमिल जोडीको बहुतै आलो याद आयो । आङनै सिरिङ भएर आएथ्यो । तिनको ट्राजिडी स्टोरीले स्तब्ध औं मर्माहात बनाएथ्यो । कतै म आफू यात्रारत जहाजको हविगत नि त्यस्तो होला की.? स्मरणको नोटबुक भित्र यस्तो प्रति प्रश्नहरु खोई किन हो, यो विराट मनभित्र उब्जी रहेको थियो । म भने नर्भस फिल गर्न लागी रहेथें । कारण यसअघि कहिल्यै यस्तो पानी जहाजको लामो यात्रा गरिएको थिएन । एक्लैं थिएँ, साथमा कोही साथीभाईहरु पनि थिएन । त्यसैले पनि होला, त्यो टाईटानिक मुभीको दुर्घटनाग्रस्त जहाजको दृश्यहरु आँखाभरी ह्वारह्वार्ती उनिन आउँथे । हो वहीँ धुनले त्यो परिघटनाहरुको आलो स्मरण बोध गराएको कारण मलाई यो नर्भस फिलले आक्रमण गर्दै थियो क्यार ।

म निकै भावुक बनि सकेको थिएछु । यस्तो दुखान्त र त्रासदीपुर्ण स्तव्धीत मौंनताको कारण मेरो भाव भङगीमा पनि मुर्तिरत उभिएँछु । जहाँ साल्सा डान्स उत्तेजक माहोलमा भड्की रहेथ्यो । भयभीत यो त्रासदी मनलाई सान्त पार्न उहीँ म्युजिक रौंनकता भित्र बदल्ने प्रयासमा थिएँ । कसैले पछाडिबाट मेरो देब्रेहात बिस्तारै स्पर्शमयी रुपले च्याप्पै समात्यो । जुन स्पर्श केही तातो तर मायाँलुभाव तरंगीत थियो । मेरो हात छुने वितिक्कै एक्कासी मनमा चिसो पस्यो । जुन हात लेडिजको हो भन्ने एहेसास भई सकेको थियो । फनक्क फर्केर हेरें । ज्याँदै मीठो मुस्कानका साथ ऊनी उभेकी थिईन् । एक आपसमा हेराहेर गर्यौं । उनको हेराईको भाव हेर्दा लाग्थ्यो । उनले वर्षौं अघी मलाई चिनेकी छिन् । म भने विलखबन्द भित्र टोलाई रहेको थिएँ । यश कारण की, ऊनी असाध्यै सुन्दर थिइन् । उनको त्यो रुप देखेर उसै नि तीनदाङ बनेथें । फेरि उनको संग्लो पुरै जीउडाल हेर्न, देख्न सक्ने अवस्था मिलिरा थिएन ।

 आफ्नो बोईफ्रेण्ड भा जस्तो मंसग छिल्लिन खोज्दै थिईन् । जीवन यात्रामा यस्तो कहिले नभोगेको सकस भोग्दै थिएँ । ऊनी बिस्तारै सेक्स अपीलको भावभङगीमा खुल्दै जाँदै थिईन् । मानौं आधीउधी त त्यो समयताकसम्म म उनको सेक्सटोय नै बनी सकेथें होला सायद

सांङगीतिक माहोलका कारण उस्तै भीडभाड थियो । जसले गर्दा उनको घाँटी देखिको भाग मात्र प्रष्ट देखिएको थियो । ओहो….! औधी राम्री र अतभुत आकर्षण भएकी थिई । जसलाई यो भिडको यात्रामा कहीँ कतै नदेखिएकी र नभेटिएकी अप्सरा के । संयोग नै भनौं की यी अप्सरासंग टाईटानिक धुनले भेट गराई दियो । यस्तै के–के सोंच्दैं मख्ख भएछु । उनले त्यहीँ हात समातेर मलाई तान्दै लगी र साल्सा डान्स गरौं भन्ने अनुरोध गरिन । कहिल्यै ननाचेको साल्सा डान्समा कसरी नाचौं भन्ने स्वीकार गरौं ।
उनको त्यो हार्दिक अनुनयमा म त अघि नै लज्जावती झार जस्तै भई सकेको थिएँ । मात्र मन्द स्माईलमा नाई भन्ने संकेतमा केवल टाउको मात्र हलाई रहेथेंछु । उनले जब्बर गरे जस्तै नाच्नेहरुको हुलभित्र उभ्याई दियो । उनले मेरो कम्बर र काँधमाथी दुबैहात राखी । उसकोमा नि उसैगरी राख्न सिकाई । त्यसपछी बिस्तारै नाच्न पनि सिकाउँन थाली । ओहो..! आफ्नै शैलीमा नाच्न त अलिअलि भाका टिपी टोपल्ने ज्याँनलाई यो अर्काको संस्कृति माथी नाच्न त बढो गार्हो पो लाग्ने रहेछ त हो । तर छुट्टै रमाइलो औं आनन्द लाग्ने के । नाच्नेक्रममा यसताका उसलाई नजिकबाट खुबै नियाँली हेरें । जब उसलाई सर्लक्कै शीर पुच्छर हेर्न, देख्न पुगें । झन्झन् उत्सुकता र कौतुहलता जागेर आयो । जो यो त्यहीँ अप्सरा हो, जसको सौलको सप्कोले मेरो अनुहार छोपेथ्यो । जुन मैले भुलेको थिईन । त्यो क्षण उसलाई पछाडीबाट मात्र देखिएको हो । फेरि मैले उसतीर ध्यान खिचिन । साथमा प्रेमिल जोडी होला भन्ठानेथें । तर संगसंगै हिडे जस्तो देख्दा, त्यस्तै होला भन्ने लागेथ्यो । यथार्थ त्यस्तो होईन रहेछ । उनको यो परिधानमा भएको यहीँ सेतो कलरको सौल देखेपछी मात्र मैले ठम्याएँ कि यो त्यहीँ अप्सरा हुन् । जसको फेस हेर्न त्यो बेला वास्ता नै गरिएन । मंगोलियन अनुहार भएकी ऊनी गाढा रातो कलरीङ गेट अपमा औधी खुलेकी देखिएकी थिईन् ।
प्रस्तुत साल्सा डान्सपछी उनले यो भीडभाड भन्दा अलिक सान्त जग्गा जाउँ भन्ने आग्रह गरिन् । उनको भाषा रत्ति बुझ्दिनथें । तर बुझ्नेलाई ईशारा काफी भने जस्तै भाथ्यो मलाई चाहिँ । हामेरुँ दुई जहाजको पुच्छर मोहोडाको पुतली पाखामा गएर उभियौं । झण्डैं वहीँ साल्सा डान्सकै एक्सन शैलीमा उभिएँछौं । उसले मलाई सेक्सी स्माईलको उपादी दिई, थ्याङस् भनें । बदलामा मैले नि मोष्ट व्युटिफुल एण्ड हर्टली सेक्सी भन्दिहालें । ऊनी खुलेर हासिन् । यो एक अर्कामा तारिफ र प्रशंसाको बखाँन गर्दै रहयौं । उनले मेरो हातहरुमा अनि फेशहरुमा स्पर्श गर्थी । म भने अप्ठ्यारो र नर्भस् फिल गरीराथें । ऊनी भने आफ्नो बोईफ्रेण्ड भा जस्तो मंसग छिल्लिन खोज्दै थिईन् । जीवन यात्रामा यस्तो कहिले नभोगेको सकस भोग्दै थिएँ । ऊनी बिस्तारै सेक्स अपीलको भावभङगीमा खुल्दै जाँदै थिईन् । मानौं आधीउधी त त्यो समयताकसम्म म उनको सेक्सटोय नै बनी सकेथें होला सायद । ऊनी पुरुषगन्धको खोजीमा भौतारिएकी केटी हुन् भन्ने लाग्थ्यो । उनको त्यो म प्रती देखाएको यौंनबास्नाको नखरा देख्दा के । म ऊनी प्रती कामबासनाको भोक जागृतमा एकरत्ति थिईन । मलाई त त्यो हर्कत देख्दा लोकले देख्ला र के भन्ला नि भन्ने..? पिरोलोले आधा मासु बिलि सकेको थियो । जहाजको बेग भन्दा उनको यौंन उन्मादको बेग बढ्दो थियो । उनको त्यो सुन्दर रुप कुरुप भए झैं देख्न थाली सकेको थिएँ । मैले उसको हार्दिकता केवल शरीरसंग रतिक्रीडा गर्नलाई स्वीकारेको थिईन के । तर दुर्भाग्य सोंच र कर्म ठिक उल्टो भो । उफ….! म अबः भने ऊनीबाट उम्किन चाहन्थें । भनिन्छ, जस्तै पर्सानालिटी भएका वलशाली पुरुष शासकहरु किन नहौउँन्, अन्ततः सुन्दर महिलाहरुको अगाडि उनेरुँ मैनबत्ती जस्तै पग्लन्छन् रे । यहीँ बिचार आज मेरो जीवनमा शाश्वत लागू भए झैं गिज्याई रहेथ्यो कठै…..!

उसले पुनः प्रस्ताव तेर्साई र भनी मलाई किस खान देऊ..? मैले स्माईलभावमा नो हुन्न भनें । उनले गर्ल्याम्मै अंगालोमा जब्बरजस्त बेरी र किस खाने वहानामा उल्टै टङकिस पो भ्याई दिई त । अन्ततः कानमा सुस्तरी बोली, आई एम कोरोना..! मलाई जोड्से परसम्म धकेली र बेश्कनै हाँस्न थाली । उसको मुखबाट कोरोना नाम फुत्किने वितिक्कै म त झण्डैं हट्फिल नै बन्न पुगेछु । किन–किन थरर्र काँप्न लागेछु । आखिर मैले के विराएँ र मलाई डस्यौ..? ए……! कोरोना….! आबेगमा आई उसमाथी झापट हान्न मेरा यी हातहरु उठी सकेका थिए । उसले प्रतिवाद गरि र भनी म साईलेण्ड किलर हुँ । सप्पै–सप्पैलाई यसरी नै डसी दिन्छु । अनि यो लोकभरी डस्दै जान्छु । मैले थुक्दै भने मलाई के डस्छौ….? सक्छौं भने मेरो देशको शासकहरुलाई डसन, सक्छौ….? त्यो साहस छ….? गरेर देखाऊ..? अनि मात्र आफुलाई शक्तिशाली अहंकारी भएकोमा गर्व गर बुझ्यौ..? ऊनी वेलगाम हाँसी रहेकी थिई । उसले जवाफ फर्काई, तिम्रो संघीय लोकतान्त्रिक गणतन्त्रका शासकहरु भ्रष्टाचार गर्नमा लिप्त छन् । अहिले मेरो डरले संसार डराई रहेको बेला तिम्रो शासकहरु भने कुनै डर, भर नराखीकन ऊ देश लुट्न मै मस्त देखिन्छन् । तिम्रा यी एकात्मकवादी निरङकुश शासकहरुले के–के गर्छन्, हो त्यो सप्पै नै थाहा छ । त्यो मैले नै डस्नु भन्दा अब ती शासकहरुलाई तिमी जस्तै आम मान्छेहरुले डस्न सक्नुपर्छ । तवमात्र सदाको लागि उनेरुँसंगै सत्ताको चोला पनि ढल्छ । फेरि तिम्रो शासकहरु आम मान्छेहरु कहिल्यै बन्न सक्दैन्न÷जान्दैनन् । तसर्थ, पहिले आम मान्छेहरु मार्फत नै तिम्रो या संसारको भ्रष्टाचारी निरङकुश शासकहरुलाई अनिबार्य रूपमा डस्न लगाउँने हो । तिमी किन हतास हो नि..? तिम्रो मनोकांक्षा पूरा हुन्छ । आई लभ यु…! एकै निमेषमा कोरोनाले यी सबै बोली । म आक्रोशमा थिएँ, मैलें आई हेड यु भनी दिएँ । उसको टंङकिसको मनोविज्ञान असरको विष शरिरभित्र मन्दगतिमा पवेश गर्दैछ भन्ने आभाष हुँदै थियो । वास्तवमा जहाजको यात्रामा देखिएका यी सप्पै टु पिसवाली प्रेमिल जोडि केटाकेटीहरु उहीँ कोरोनाले डसेका संक्रमित रोगीहरु पो रहेछन् । बल्ल पो थाहा भो त । अन्तः त्यसमा म कसरी अछुतो रहन सकुँला र..? कोरोनालाई त्यो थाहा थियो र जो मलाई सुन्दर मान्छेको रुपमा आई र नाँगेनीको रूपमा डस्न सकी । उफ……!

म लर्बराउँदै थिएँ । उसले मलाई फेरि च्याप्पै अप्ठ्याँई, दरो कसेर बाँधी । उनको हातबाट फुत्किन हरसम्भव प्रयत्न गरें । उनको कस्सिएका हातहरु म बाट छुटाउँन सकिरा थिईन । देख्दा मरनच्याँसेनी कद कि ऊनी जो एउटा बलशाली पुरुषसंग आसामीका साथ सिँगौरी खेल्दै थिई । उसले कुनै बल प्रयोग गरिरहेको थिईन । उसबाट फुत्किन त बरु म पो जोडवल गर्दै थिएँ । हुन त उनले आफू कोरोना भएको साक्षत्कार गराएसी नै मेरो नौंनारीहरु गलि सकेका थिए । उसै नि इनर्जीलेस यानेकी वुईलेक्स भई सकेको थिएँ । उहीँ मेरो मन मष्तिष्कले मात्र, ऊनीबाट छुटकारा पाउँन उम्किने यत्न प्रयासरत गर्दथ्यो । वास्तवमा शरीरमा रत्तिभर वल भने थिएन । उनको टङकिसले डसेपछी नै म त्यसै–त्यसै फत्र्याकफुत्रुक भएर लोलाई सकेको थिएँ । जहाजको सप्पै यात्रीहरुले देख्दा त, वहीँ प्रेमिल जोडीहरु अंगालोमा बेरिएर प्रेम बाँडी रहेछ भन्ने मात्र फिल गराई दिन्थ्यो क्यार । जहाँ हामेरुँ दुई घम्साघम्सी गर्दैछौं भन्ने बोध गराउँदैनथ्यो । त्यहीँ भएर हामेरुँ बीचको यो लडाइँ कसैको ध्यानाकर्षण हुन सकिरा थिएन । ऊनी त त्यसै शक्तिशाली थिईन् नै । जसको अघि सम्मुखपर्दा नाम नै काफी थियो । यसबेला सम्ममा त मसंग एकरत्ति वल भन्ने चीज नै थिएन । थियो त उहीँ खप्परभित्रको दिमाख मात्र सिर्फ वलशाली थियो । शत्रुको हातमा बन्धक भएपछी ब्रेन जतिसुकै,शक्तिशाली किन नहोस्, शरिरले वल प्रदान गर्न सक्दैन भने वहीँ मुर्दा समान नै होईन्दो रहेछ । यथार्थमा म त्यहीँ नै भईरा थिएँ । उसबाट उम्किनेको के कुरा रहयो र..?
अहिले त उसकै आड्को भरथेगमा पो उभिराँ छु । उसले जे चाहयो, त्यहीँ नै मनजानी गर्न सक्थी । नभन्दै मन्द मुस्कानमा फिस्स हाँसी दिई र मलाई काँधमा बोकी । दायाँबायाँ यसो हेरि टोपली, अनि जहाजको रेलिङमाथी चढि र झ्याम्मै समुन्द्रमा हामफाली दिई । मात्र ऊनीसंगै चुर्लुम्मै डुबेको याद रहयो । अत्तालिएर आँखा उघार्दा मेरो टाउको सिधामाथी एउटा ओरेञ्ज कलरको ड्रीम लाईट जली रहेथ्यो । म त पुरै स्याँस्याँ, फ्याँफ्याँ गर्दै थिएँ । मुटु र श्वासप्रश्वासको गति ज्याँदै नै स्पीड थियो । गला अवरुद्ध भाथ्यो । शरीर पुरै काँपी रहेथ्यो । आँखा त उसै नि धुलमिल–धुलमिल नै थियो । त्यो ड्रीम लाईट ठम्याउँन निकै हम्मे–हम्मे भो । आफुलाई छामें । अनि उसलाई नि छामी हेरें । खोजी हेरें । ऊनी मसंग यसताक थिईनन् छ । फेरि आफुलाई बेश्कनै छामें । निधारमा पुरै पानी–पानी थियो । शरीर पनि छामी हेरें, निथरुक्कै भिजेको थिएँ । जब आँखाले त्यो ड्रीम लाईट हो भन्ने चेतना भो, तव होस् आयो । झसंग भएँ । आर्रे…..! म त आफ्नै भुईँको झुलभित्र ओछ्याँनमा पो लम्पसार परेको रहेछु । थुईक्क….! फगत सपना पो रहेछ । हैट….! सपनाहरू पनि कस्तो अत्याँसलाग्दो हौ । कल्पना पनि गर्न नसकिने, उफ……!
जुरुकै उठें र मोबाईल हेरें, रातको ३ः३३ बजेको रहेछ । माझा जुसको बोतलमा भएको पानी घुडघुडती पिई दिएँ । अनि लामो श्वास फेरें । मेरो काँपी रहेको शरीरमा तापक्रम बढी रहेथ्यो । मतलव हनहनी तातो ताप आई रहेको थियो । टाउकोमा उस्तै ताप थियो । जसले पुरै ह्याङ ओभर गरेथ्यो । झ्यालमाथी राखेको तौलिया तानें र अनुहार जीउ पुछें । अनि बिस्तारै धर्मराउँदै उठें । बाथरुम छिरें र मुँते अनि मुँख धोएँ । बेशन माथीको धारा खोल्दा पानीमा वहीँ सपना की कोरोना देख्दै थिएँ । उसले डसेको टंङकिसको असर भने मेरो शरीरमा शनैःशनै प्रभाव पर्दै थियो । किनकी उसले मेरो सातो हरेर लगी र त्यो समुन्द्रमा डुबाएकी थिई । जसले तीन दिनतक लम्पसार सुतायो । निकै गलायो । अन्तः आफै बिस्तारै टंङग्रीने प्रयास गरें । अनि टङग्रीदैं गएँ । अहिले हिजोको जस्तै उस्तै स्वास्थ्य देखिएको छु । दुर्भाग्य लक डाउनले हामेरुँ जस्तो निम्छरा बबुरो ज्यानहरुको लक ब्लक भो, गर्यो । तर शासकहरुलाई भने मालामाल नै गर्यो । देश र नागरिकजन यो राष्ट्रिय विपत्तिको शोकमा डुब्दा नि शासकहरुलाई भने कसरी देश लुट्न सकिन्छ भन्ने हर हमेशा चिन्ता मै देखिन्छन् । देशमा यस्तो मात्र मौका पाई रहोस् कि व्रहमलुट गर्न त हामेरुँको यो शासक र सरकारलाई संसारको कुन वादशाहले पो जीत्न सक्छ र..? धन्य हो सरकार..! जय–जय होस् तेमेरुँको ।

अस्तुः सुनेथें, यो चुम्बन यानेकी किस भन्ने चीज, सानोमा सित्तैमा पाईन्छ रे । बैंशालु हुँदाखेरि चोर्नु पर्छ र बुढेसकालमा किन्नु पर्छ रे । आन्तः यो कोरोनाले दच्काको यो टङकिस चाहीँ के मापदण्डमा राखिनु पर्ने हो.? उसले डसेको यो ओंठ छाम्छु अनि हरेक पल सम्झन्छु । फेरि कुनै बेला त काटेर मिल्काई दिउँ र बरु प्लाष्टिक सर्जरी गरेर राखौं भन्ने पो लाग्छ हो । स्याँठा..! कोरोनाले डसेको खिल यो ओंठमा नदेखे नि मेरो मानसपट्लमा उसले गाढेको यो खिल मनोदर्शनको रुपमा झीर बनेर उनिएको छ । उसले टङकिस गरेको पल सुस्तरी मेरो कानमा भनेकी थिई की तिमी म जस्तै शक्तिशाली तर सामन्य बन । अनि तिम्रो शासकहरुको सत्ता ध्वास्त पार, र उनेरुँको बध गर । अनि लोक कल्याणकारी नयाँयुगको सत्ता निर्माण गर । बस् ….! यो साईलेण्ड किलर कोरोनाले म प्रति गरेको भावबेगको एउटा अन्तरनिहित प्रेमको अभिब्यक्ती थियो सायद ।

(पुनश्चः प्रस्तुत यो नियात्रा आलेखन, लेखक स्वयंमले देखेको, भोगेको, अहिलेको महामारी संक्रमित रोग कोरोना भाइरस विशेष सपनाहरुको यथार्थ अनुभुतको, शल्यक्रियात्मक संस्मरण अभिव्यक्तिको दस्तखत हो । (संपादक)

दस्तखत(२०-२२ चैत २०७६)✍
माङसेबुङ मासिक पत्रीका कार्यालय, दमक, झापा

सम्बन्धित खवर