
- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार शाहिल लिम्बू र गायिका सुनिता थेगिम लिम्बूको सुमधुर आवाजमा सजिएको चासोक तङनाम विशेष गित ‘पालामको तालमा’ सार्वजनिक गरिएको छ ।
विजय मगरको शव्द तथा शाहिल लिम्बूको संगीतमा सजिएको चासोक तङनाम विशेष गित ‘पालामको तालमा’ को म्युजिक भिडियो सिर्जना निङलेकु युुट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
चासोक तङनामको अवसर पारेर सार्वजनिक गरिएको भिडियोमा सिर्जना निङलेकुको परिकल्पना तथा विजय मगरको निर्देशन रहेको छ ।

दिनेश माङमुको कोरियोग्राफीमा सनम तामाङ र टिमको छायांकन, रविना लिम्बूको मेकअप, सनम तामाङकै सम्पादन र कलर रहेको भिडियोमा एलिस राई र सिर्जना निङलेकुको अभिनय रहेको छ ।
देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
भिडियो हेर्नुहोस…







