ऊर्जा मन्त्री कुलमान घिसिङद्वारा किरात धर्मगुरू गुरुआमाको दर्शनभेट - Mangsebung News
  • बुधबार, मङि्सर ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ऊर्जा मन्त्री कुलमान घिसिङद्वारा किरात धर्मगुरू गुरुआमाको दर्शनभेट

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ तथा गुरुआमा पवित्रहाङमा साँबा लिङ्देनको दर्शनभेट गर्नुभएको छ ।

बुधबार केही दिनदेखि काठमाडौंमा रहनुभएका किरात धर्मगुरु र गुरुआमासँग मन्त्री घिसिङले धर्मगुरु रहनुभएको ठाउँमा पुगी दर्शनभेट गर्नुभएको हो ।

दर्शनभेटमा धर्मगुरुले मन्त्री घिसिङलाई दमक–रबी (फाल्गुनन्द) सडक र महमाई–लारुम्बा आत्मानन्द सडक कालोपत्रे गर्नुपर्ने स्मरण गराउनुभएको दर्शनभेटमा सहभागी खगेन्द्र माखिमले जानकारी दिनुभयो ।

यस्तै, गुरु निजी आश्रम र किरात केन्द्रीय माङहिम रहेको माङसेबुङको रिङरोड, पान्थरको सिलौटी, लब्रेकुटी आदि ठाउँमा विकास कार्यलाई प्राथमिकता राख्न पनि ध्यानाकर्षण गराउँनु भएको थियो ।

सम्बन्धित खवर