मन्त्रीपरिषदको निर्णय : लकडाउन बैशाख ३ गतेसम्मलाई लम्बियो - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मन्त्रीपरिषदको निर्णय : लकडाउन बैशाख ३ गतेसम्मलाई लम्बियो

काठमाण्डौ / कोरोना भाइरसको संक्रमणबाट बच्न दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो ।

चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । दोस्रोपटक थप गरेको अवधि मंगलबार सकिनै लाग्दा सरकारले फेरि लकडाउन अवधि थप गरेको हो।

पछिल्लो समय विदेशबाट आएका बाहेकका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएपछि सरकारले लकडाउन थप कडाई गर्दै आएको छ ।

सम्बन्धित खवर