देशभर १० स्थानबाट कोरोना नमुना परीक्षण सुरु - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर १० स्थानबाट कोरोना नमुना परीक्षण सुरु

काठमाडौं / सरकारले देशभरी विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण सुरु गरेको छ ।

काठमाडौं सहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमुना परीक्षण सुरु गरिएको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार काठमाडौं उपत्यकामा १२ सहित १०७ जना आइसोलेसनमा रहेका छन् ।

देशभरी ९ हजार १६८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रवक्ता देवकोटाले राष्ट्रिय एम्बुलेन्स सेवा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच १० वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने विषयमा सम्झौता समेत भएको छ ।

राष्ट्रिय एम्बुलेन्स सेवाका ५, मन्त्रालयका ४ र महानगरका १ सहित १० वटा एम्बुलेन्स तयारी अवस्थामा रहने छन् ।

सरकारले सातवटै प्रदेशमा स्वास्थ्य मन्त्रालय अन्तर्गत ११ औं तहका कर्मचारीको नेतृत्वमा जनशक्ति परिचालन गरी आवश्यक जनशक्ति पहिचान गर्न निर्देशन पनि दिइएको छ ।

अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक हजार ६९७ जनाको नमुना परीक्षण गरिएको छ ।

सम्बन्धित खवर