प्रधानमन्त्री ओलीले देशबासीको लागि आज सम्बोधन गर्ने - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रधानमन्त्री ओलीले देशबासीको लागि आज सम्बोधन गर्ने


काठमाडौं / कोराना भाइरसको महामारी विश्वमा फैलिसकेको छ । नेपालमा पनि कोरोना नियन्त्रण र रोकथामको लागि सरकारले लकडाउ लगाएको छ । यस बेला हुन हन सक्ने विपद, सरकारले अहिलेसम्म गरेको तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्रीले केपी शर्मा आलीले आज पुनः देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

आज विहान ११ बजे प्रधानमन्त्री सम्बोधन गर्ने कुरा प्रधानमन्त्रीको सचिवाले जनाएको छ । प्रधानमन्त्रीले सम्बोधन तयारी गरेको जानकारी सोमबारको मन्त्रिपरिषद् बैठकमा गराएका थिए ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या नौ पुगेको छ । तीमध्ये ८ जना आइसोलेसनमा उपचाररत छन् । एक जना निको भई घर फर्किएका थिए । यो संगै कोरोनाको सन्त्रास बढीरहेको बेला प्रधानमन्त्री निर्धक्क भएर स्वास्थ्यकर्मीलाई उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन अपिल गर्ने तयारी छ ।

लकडाउनको बेला अत्यावश्यक सेवा क्षेत्रबाहेक अन्यलाई घरभित्रै बस्न सरकारले आग्रह गरेको छ । बैठकले उच्चस्तरीय समन्वय समितिमा नरहेका र काम नदेखिएका मन्त्रीहरूलाई पनि प्रदेश सरकार र अन्य दलसँग समन्वय, नीति योजना बनाउन परिचालन गर्ने निर्णय गरेको छ ।

प्रदेश १ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङ, प्रदेश २ मा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, गण्डकी प्रदेशमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममा अर्याल, प्रदेश ५ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, कर्णाली प्रदेशमा वन तथा वातावरणमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशमा खानेपानीमन्त्री बिना मगरलाई प्रदेश सरकारले गरिरहेका कामसँग समन्वय गर्न जिम्मेवारी दिइएको हो ।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई महिला, बालबालिकामा कोभिड–१९ ले पारेको असर र सुधारको कार्ययोजना बनाउने, सामाजिक संघसंस्था परिचालन गर्न भनिएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई युवा, खेलाडी र राहत वितरणमा स्वयंसेवक व्यवस्थापन र परिचालनका लागि योजना बनाउने र कार्यान्वयनका लागि समन्वय गर्ने जिम्मेवारी दिइएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेलाई संसमा भएका विभिन्न दलसँग निरन्तर संवाद तथा सहकार्य गर्ने गरी जिम्मेवारी तय गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

सम्बन्धित खवर