कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो

काठमाडौं / कोरोना भाइरस(कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म ८२ हजार ७४ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितको संख्या १४ लाख ३१ हजार ६ सय ८९ पुगेको छ । झण्डै तीन लाख बढी उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसबाट फ्रान्समा १ हजार ४ सय १७ जनाको मृत्यु भएको छ । अमेरिकामा १ हजार ३ सय ५९ जनाले पछिल्लो २४ घन्टामा ज्यान गुमाएका छन् ।

त्यस्तै बेलायतमा ७ सय ८६, इटलीमा ६ सय ४, स्पेनमा ५ सय ५६, बेल्जियममा ४ सय ३ र नेदरल्याण्ड्समा २ सय ३४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर