ट्रम्पको चेतावनी: डव्लुएचओलाई दिइरहेको अनुदान कोष रोक्न सक्ने - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ट्रम्पको चेतावनी: डव्लुएचओलाई दिइरहेको अनुदान कोष रोक्न सक्ने


एजेन्सी / विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाइ अमेरिकाले दिदै आएको अनुदान कोष रोक्ने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पल दिएका छन् ।

विश्वकै ठुलो समस्याको रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि डब्लुएचओले उचित भूमिका खेल्न नसकेको भन्दै ट्रम्पले उक्त कोष रोक्ने चेतावनी दिएका हुन् ।

मंगलबार ह्वाइट हाउसमा नियमित प्रेस ब्रिफिङको क्रममा उनले डब्लूूएचओलाई कोरोना भाइरसको जोखिम पहिला नै थाहा भएको तर उसले बेलैमा सूचित नगरेको आरोप लगाउदै ट्रम्पले यस विषयमा अहिले अनुसन्धान भइरहेको तर आफूहरु डब्लूएचओलाई दिँदै आएको कोष रोक्ने पक्षमा रहेको बताए ।

सन् २०१९ को अन्तिममा यो भाइरस फेला पर्दा डब्लूूएचओले भाइरसलाई ‘पत्ता नलागेको कारणले हुने निमोनिया’ भएको बताएको थियो । जनवरी ३० मा उसले कोरोना भाइरसको कारण विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको थियो भने मार्च ११ मा यसलाई महामारीको संज्ञा दिएको थियो । अमेरिका डब्लूएचओमा सबैभन्दा धेरै योगदान गर्ने मुलुक हो ।

ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा पनि डब्लुएचओले चीनको पक्ष लिएको आरोप लगाएका थिए । पछिल्लो समय अमेरिका र डब्लूूएचओको सम्बन्ध चिसिएको छ ।

जनवरी ३१ मा डब्लूएचओका प्रतिनिधिले विश्वभरका मुलुकहरुलाई भाइरसको जोखिम हुँदाहुँदै पनि आफ्नो सीमा खुला राख्न सुझाव दिएका थिए । तर, सोही दिन अमेरिकाले चीनबाट आउने पर्यटकमाथि भने रोक लगाउने निर्णय गरेको थियो ।

द न्युयोर्क टाइम्सले भने अमेरिकाले चीनमाथि प्रतिबन्ध लगाएपछि पनि चीनबाट चार लाख ३० हजार मानिस अमेरिका आएको तथ्यांक सार्वजनिक गरेको थियो ।

सम्बन्धित खवर