दक्षिण कोरियाबाट स्वास्थ्य सामाग्री बोकेर कोरियन एयर काठमाडौं आयो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दक्षिण कोरियाबाट स्वास्थ्य सामाग्री बोकेर कोरियन एयर काठमाडौं आयो

काठमाडौं / दक्षिण कोरियाका नेपालीले पठाएको झण्डै ७५ लाख बराबरको उपकरण (कोरोना टेष्टिङ किट्) बोकेर कोरियन एयर शुक्रबार दिउँसो ४:१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

कोरोना भाइरसविरुद्धको अभियान अन्तरगत दक्षिण कोरियाका नेपालीले पठाएको स्वास्थ्य सामाग्री बोकेर कोरियन एयर काठमाडौं आएको हो ।

दक्षिण कोरियामा रहेका नेपालीहरुले नेपालमा कोरोना भाइरसको परीक्षणका लागि ‘एक व्यक्ति, एकहेल्थ किट् अभियान’ सुरु गरेर नेपालमा सहयोग गरेका हुन् ।

गैर आवासीय नेपाली संघ एनआरएनए दक्षिण कोरियाको संयोजन तथा स्वतन्त्र अभियन्ताहरुको सहकार्यमा अभियान सुरु गरिएको थियो । अभियान सुरु गरेको ४ दिनमै १४ करोड २६ लाख ३७ हजार ७७९ वोन अर्थात एक करोड ४० लाख ७९ हजार ७७५ रुपैयाँ संकलन भएको थियो ।

जन्मभूमिका लागि २० हजार वोन बराबरको सहयोग गर्न एनआरएनए कोरियाका उपाध्यक्ष यदु लामिछानेले आग्रह गरेअनुसार रकम जम्मा भएको थियो । त्यही सहयोग रकमबाट प्रतिकिट २० डलर पर्ने सामाग्री नेपाल पठाइएको एनआरएनए दक्षिण कोरियाले जनाएको छ ।

कोरियामा उत्पादन भएको किटले जम्मा ३ घन्टामै कोरोना संक्रमण भएको वा नभएको रिजल्ट दिने गर्छ । दक्षिण कोरियाका नेपालीले सम्बन्धित कम्पनीमै पुगेर किट किनेका हुन् ।

किट दक्षिण कोरियाका लागि कार्यवहाक नेपाली राजदूत रामसिंह थापामार्फत नेपाल पठाइएको एनआएएनए दक्षिण कोरियाले जनाएको छ । पहिलो चरणमा ४ हजार किट र ५ सय थान पिपिई बोकेर जहाज काठमाडौंं आइपुगको हो ।

सम्बन्धित खवर