लकडाउन खोल्न हतार गरे स्थिति झनै भयावह हुने डब्लुएचओको चेतावनी - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लकडाउन खोल्न हतार गरे स्थिति झनै भयावह हुने डब्लुएचओको चेतावनी


एजेन्सी / कोरोना संक्रमण रोकथाम गर्न लगाइएको लकडाउन खोल्न हतार गरे स्थिति झनै भयावह हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अदोनम गिब्रियससले बताएका छन् ।

कोरोनाले संसारलाई नै हैरान बनाईरहेको बेला लकडाउन अन्त्य गर्नेबारे संसारभरका मुलुकहरु सतर्क रहनुपर्ने उल्लेख गर्दै अदोनमले अहिलेकै अवस्थामा यसलाई अन्त्य गरे संक्रमणका कारण कैयौं मानिसहरुले ज्यान गुमाउने अवस्था आउनेतर्फ सचेत गराएका हुन् ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अदोनानले भनेका छन्, ’हामीले लकडाउनका कारण भएको समस्या कम गर्न विश्वभरका सरकारहरुसँग काम गरिरहेका छौं, तर यसलाई हटाउन हतारो गर्नु हुँदैन, जल्दबाजी गरेर लकडाउन हटाए विश्वभर यस भाइरसका कारण मर्नेको संख्या निकै बढ्नेछ ।’ गत डिसेम्बर ३१ तारिखका दिन चीनको उहान शहरमा पहिलोपटक कोरोना संक्रमित भेटिएका थिए । हाल यो संक्रमणले विश्वभरी महामारीको रुप लिइसकेको छ । विश्वभर भेटिएका १६,९९,९७६ जना संक्रमित मध्ये अहिलेसम्म १,०२,७४२ जनाको ज्यान गइसकेको छ ।

सम्बन्धित खवर