रौतहटका एक युवकमा कोरोना संक्रमण पुष्टि, नेपालमा १४ जना पुग्यो - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रौतहटका एक युवकमा कोरोना संक्रमण पुष्टि, नेपालमा १४ जना पुग्यो

काठमाडौं / रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण देखिएको छ ।

१९ वर्षीय युवकको थ्रोट स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विदेशबाट आएका ती युवकलाई क्वारेन्टाइनमा राखिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् । हालसम्म नेपालमा ५ हजार ६ सय ९१ जनाको कोरोना परिक्षण गरिसकेको छ ।

सोमबार नै कैलाली जिल्ला लम्किचुवा नगरपालिकाको क्वारेन्टिनमा रहेकी ६५ वर्षीय महिलामा पनि कोरोना देखिएको हो । उनिहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म भेटिएका १४ संक्रमितमध्ये कैलालीको सेती अञ्चल अस्पतालमा ५ जना, वीरगञ्जको नारायणी अस्पतालमा तीन जना, बागलुङको अस्पतालमा २ जना र काठमाडौंको अस्पतालमा २ जना रहेका छन् ।

नयाँ एकजना रौतहटमा भेटिएका हुन् । चीनबाट आएका एकजना यसअघि नै उपचार गरेर घर फर्किसकेका छन् । अन्य सबैको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर