काठमाडौं / काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका सबैजनाको कोरोना परीक्षण गरिने भएको छ ।
अपार्टमेन्टमा बस्दै आएका मध्ये दुई जनामा कोरोना संक्रमित भएको पुष्टि भए पछि अपार्टमेन्टमा बस्ने सबैको कोरोना परिक्षण गर्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत चैत ५ गते बेलायतबाट आएकाहरुलाई कोरोनाको आशंका लागि सोमबार ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट परीक्षण गर्दा कोरोना देखिएका तीनमध्ये दुईमा जनस्वास्थ्य प्रयोशाला टेकुमा गरिएको पीसीआर टेस्टबाट कोरोना पुष्टि भएको हो । एकजनाको भने रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अपार्टमेन्टको १५ औं तलामा बस्ने एकै परिवारका आमा, छोरा र बुहारीलाई सोमबार गरिएको ¥यापिड टेष्टमा कोरोना संक्रमणको आशंका गरिएको थियो ।
त्यस लगत्तै सनसिटी अमार्टमेन्टलाई सिलबन्दी गरेर स्वाब संकलन गरिएको थियो । उनीहरु तीनजनाको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।
मन्त्रालयले उक्त अपार्टमेन्टमा बस्ने करिब ३ सय परिवारका सबैको परीक्षण आजैबाट सुरू गरिएको छ जनाएको छ । मन्त्रालयले ती तीनजनासँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ पनि थालिएको जानकारी दिएको छ । कोरोना पुष्टि भएपछि सनसिटी अपार्टेमन्टलाई प्रहरीले हिजैदेखि सिल गरिसकेको छ ।