लकडाउनको अवधी बैशाक १५ सम्म थप गर्ने सरकारको निर्णय - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लकडाउनको अवधी बैशाक १५ सम्म थप गर्ने सरकारको निर्णय


काठमाडौं / कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै गए संगै सरकारले लकडाउनको समय थप लम्ब्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गतेसम्मका लागि लकडाउनको अवधी पथ गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि सरकारले देशैभर लकडाउन थालेको थियो । पहिलो चरणमा चैत ११ देखि १८ सम्म, दोस्रो चरणमा १८ देखि २५ सम्म र तेस्रो चरणमा वैशाख ३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । भोलि लकडाउनको अवधी सकिने भएकोले सरकारले आजै वैशाक १५ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो ।

बै्शाक १५ गतेसम्म देशैभर लकडाउन गर्ने निर्णय संगै लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

सम्बन्धित खवर