आज मध्य, पूर्व र पश्चिमी क्षेत्रम मेघ गर्जन, हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको हुने सम्भावना - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज मध्य, पूर्व र पश्चिमी क्षेत्रम मेघ गर्जन, हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको हुने सम्भावना


काठमाण्डौ  / आज देशको मध्य र पूर्वका अधिकांश भू–भाग र पश्विमका केही भू–भागमा पू्र्ण बदली भई केही स्थानहरुमा मेघगर्जन, चट्याङ रहावाहुरी सहित क्षणिक वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको मध्य र पूर्वका अधिकांश भू–भागमा र पश्विमीका केही भू–भागमा पू्र्ण बदली भई केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा भईरहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

अहिले देशभर स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव कायम रहेको छ । त्यसैले देशको मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आँशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

सम्बन्धित खवर