कोरोना उपचारका लागि उच्च जोखिम मानिएको सुदूरपश्चिम पुगे ३४ चिकित्सक - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना उपचारका लागि उच्च जोखिम मानिएको सुदूरपश्चिम पुगे ३४ चिकित्सक

काठमाडौं / संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी र एमएसमा अध्ययनरत ३४ चिकित्सकलाई सुदूरपश्चिम प्रदेशमा खटाइएको छ ।

शुक्रबार यति एयरलाइन्सको जहाज चार्टड गरी कोरोना भाइरस संक्रमणको उच्च जोखिम मानिएको ३४ चिकित्सकहरुलाई सुदूरपश्चिम प्रदेशमा पठाएको हो ।

उनीहरुलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट परिचालन हुनेगरी पठाएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

सुदूपश्चिम प्रदेशमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि थप जनशक्ति आवश्यक भएकाले चिकित्सक पठाएको उनको भनाइ छ ।

ती चिकित्सकलाई एक महिना अवधिका लागि पठाएको र आवश्यकता अनुसार अवधि थपिनेछ । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म पाँचजनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर