कोरोनाबाट मृत्यु हुनेको १ लाख ५४ हजार नाग्यो, अमेरीकामा मात्रै ३७ हजार बढी - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाबाट मृत्यु हुनेको १ लाख ५४ हजार नाग्यो, अमेरीकामा मात्रै ३७ हजार बढी


दमक / कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभरीबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार भन्दा बढी भएको छ ।

अहिलेसम्ममा मृत्युहनेहरुको संख्या १ लाख ५४ हजार २ सय ५६ पुगेको छ । यी मध्ये अमेरीकमा मात्रै ३७ हजार १ सय ५४ जनाले ज्यान गुमाएको छ । यो अरु देशको तुलनामा सबैभन्दा बढी हो ।

पछिल्लो समय कोभिड–१९ को इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या ७ लाख ९ हजार ७ सय ३५ पुगेको छ । वल्डोमिटरको तथ्याङकअनुसार अमेरिकामा मृतकको संख्या ३७ हजार १ सय ५४ जना पुगेको हो ।

अहिलेसम्म विश्वभरीबाट संक्रमित हुनेको संख्या २२ लाख ५० हजार १ सय १९ जना पुगेको छ । भने ५ लाख ७१ हजार ५ सय ७७ जना निको भइसकेका छन् ।

चीनमा पनि हालै कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्यामा थप भएको छ । पछिल्लो समय १२ सय ९० जनाको मुत्यु भए संगै चीनमा मर्नेको संख्या ४ हजार ६ सय ३२ पुगेको हो ।

त्यस्तै इटालीमा २२,७५४, स्पेनमा २०,००२, फ्रान्समा १८,६८८, जर्मनीमा ४,३५२, इरानमा ४,९५८, युकेमा १४,५७६, बेल्जियममा ५१६३ जनाको ज्यान गएको छ । अन्य थुप्रै देशका मृतकहरुलाइ अन्यमा राखिएको छ ।

 एजेन्सी

सम्बन्धित खवर