कोरोना बारे भ्रम फैलाउने इलामका युवा पक्राउ - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना बारे भ्रम फैलाउने इलामका युवा पक्राउ


इलाम  / कोरोना भाइरसको संक्रमणले विश्व आतंकित भइरहेको बेला इलामका एक युवाले कोरोना बारे भ्रम फैलाएको भनी पक्राउ गरीएको छ ।

शुक्रबार साँझ सामाजिक सन्जाल फेसबुकमा भ्रामक कुरा लेख्ने फाकफोकथुम गाउँपालिका वडा न ७ का सन्दीप योङ्हाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

योङ्हाङ्ले आफ्नो फेसबुक वालमा इलामको बिब्ल्याटेमा एकजना कोरोना संक्रमित भेटियो भनी पोस्ट गरेका थिए ।

योङहाङलाई शनिवार पक्राउ गरि जिल्ला प्रहरी कार्यलयमा राखि अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमित ३० जना पुगेको छ भने तीन जना निको भइसकेका छन् ।

सम्बन्धित खवर