थप एकजनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या ३१ पुग्यो - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप एकजनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या ३१ पुग्यो

काठमाडौं / नेपालमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

योसंगै स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आज सूचना दिँदै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार साँझ एक विज्ञप्ती निकाल्दै ६५ वर्षीय पुरुषमा कोरोना भएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार उनी विराटनगर निवासी हुन् । बिराटनगर निवासी उनी उदयपुरको मस्जिदमा रहेको मन्त्रालयको भनाइ छ ।

उनलाई कोरोना देखिएसँगै कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

दुई जना संक्रमित भने निको भएर घर फर्किसकेका छन् । योसंगै निको हुनेको संख्या तीन पुगेको छ ।

सम्बन्धित खवर