अमेरिकामा कोरोनाबाट मृत्यु भएका बिष्णुकुमारको शव बुझ्ने समेत कोही भएन - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अमेरिकामा कोरोनाबाट मृत्यु भएका बिष्णुकुमारको शव बुझ्ने समेत कोही भएन

दमक / कोरोना भाइरसको संक्रमणका कारण अमेरिकाको न्यूयोर्क स्थित बिष्णुकुमार राईको मृत्यु भएको छ ।

काठमाडाँैको बाँसबारीका बासिन्दा भएको भनिए पनि उनी नेपालमा कुन जिल्ला र गाउँमा जन्मिएका हुन् कुनै जानकारी नभेटीएका राईको मृत्यु भएको बेला उनको शव बुझ्ने मान्छे कोही भएनन् । राईको शव बुझ्नु त के निधन भएको खबर समेत दुई हप्तापछि मात्रै पत्रकारले समाचार लेखेपछि थाहा भयो छ ।

कोरोना संक्रमणले च्यापिरहेका बेला आफन्त भेट्नु, देख्नु त परको कुरा अस्पतालसमेत देख्न नपाई न घरभित्रै नेपालीको निधन भयो भन्ने खबर आएपछि न्यूयोर्कबासी नेपालीे निकै दुःखी भएको कुरा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।

अमेरिकामा एक्लो भएका उनी चुपचाप संसार छाडेर गए । जुन कुराको खबर न उनको परिवारले थाहा पायो न त कोही आफन्तले । उनलाई सोधीखोजी गर्ने मान्छेसम्म पनि यहाँ कोही भएनन् ।

निधनपछि कर्मचारीले विवरण संकलन गरी शव सरकारलाई जिम्मा लगाइसकेका छन् । त्यहाँका स्थानीय नेताले दिएको जानकारीलाई आधार मान्दा कोरोना संक्रमण भएपछि उनी अस्पतालमा उपचारका लागि पुगेका रहेछन् । अहिले उनको शवले आफन्त र आफ्नो देश खोजिरहेछ । जीवित हुँदासम्म अमेरिकी सपनाले बिष्णुलाई पनि दिनरात दौडाइरेको रहेछ ।

बिष्णुकुमार वर्षौ पहिले आएका रहेछन् अमेरिका। स्थानीय संघ, सस्थाको सहयोगमा उनले अमेरिकामा काम गर्ने कागजात बनाउन सकेको देखिन्छ । पछिल्ला दिनमा उनी प्राय अलपत्रजस्तै थिए । उनले कामपनि छाडिसकेका थिए भने जीवन जिउने मदानी समेत घोल्न छाडिसकेका थिए । सायद उनी बिरक्क्तिएका थिए एक्लो भएर ।

यही परिवेशमा परदेशी मुलुक पसेको २७ वर्षमा उनी संसारबाट विदा भए । उनलाई जान्नेहरु भन्दै छन्, उनको विवाह भएको थिएन् । परिवारका सदस्यमा उनकी भान्जी मात्रै छिन् जो अहिले सम्पर्कमा छिन् । भाई बिवाह गरेको केही वर्षमै बिते, भाइबुहारी अन्तै हिँडिन् । तीन सन्तानमध्ये कान्छी बहिनी पनि बिवाह गरेको केही वर्षमा अन्तै लागिन् । बिष्णुका बुवाआमा जीवित छन्, या छैनन् भान्जीलाई पनि थाहा छैन् ।

२७ मार्चमा संसार छाडेका बिष्णु कुमारको प्राप्त कागजातलाई आधार मान्दा उनको जन्म सन् १९४८ अप्रिल २५ मा भएको हो । यस अनुसार उनी आगामी साता ७२ बर्षका पुग्दै थिए । उनको वर्क परमिटमा जन्मदेश नेपाल भनेर उल्लेख छ ।

साभारः प्रार्थना मेडिया 

सम्बन्धित खवर