कोरोनाबाट मृत्यु हुने १ लाख ७० हजार नाघ्दा, अमेरीकामा मात्रै ४२ हजार बढीको मृत्यु - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाबाट मृत्यु हुने १ लाख ७० हजार नाघ्दा, अमेरीकामा मात्रै ४२ हजार बढीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभरीबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार भन्दा बढी भएको छ ।

पछिल्लो २४ घन्टामा यसको संक्रमणबाट विश्वभरमा ५ हजार ३ सय ३९ जनाको मृत्यु भए संगै अहिलेसम्ममा मृत्युहनेहरुको संख्या १ लाख ७० हजार ४ सय ३६ पुगेको हो । यी मध्ये अमेरीकमा मात्रै ४२ हजार ५ सय १४ जनाले ज्यान गुमाएको छ । यो अरु देशको तुलनामा सबैभन्दा बढी हो ।

पछिल्लो समय कोभिड–१९ को इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या ७ लाख ९२ हजार ७ सय ५९ जना संक्रमित भएका छन् । अमेरिकामा सोमबार एकै दिन २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै अहिलेसम्म विश्वभरीबाट संक्रमित हुनेको संख्या २४ लाख ८१ हजार ७ सय ८७ जना पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६ लाख ४६ हजार ८ सय ५४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिकापछि अहिलेसम्म इटालीमा धेरैको मृत्यु भएको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या २४ हजार १ सय १४ पुयेको छ । त्यसैगरी स्पेनमा अहिलेसम्म २० हजार ८ सय ५२, फ्रान्समा २० हजार २ सय ६५ जना युकेमा १६ हजार ५ सय ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै जर्मनीमा ४,८६२, इरानमा ५,२०९, बेल्जियममा ५,८२८, ब्राजिलमा २५८७, तुर्की २१४०, क्यानडामा १६९०, नेदरल्यान्डमा ३७५१, स्वीजरल्यान्डमा १४५७ जनाको ज्यान गएको छ । विश्वको अन्य थुप्रै देशमा समेत मृत्उु भएको छ ।

कोरोना भाइरसको उदगम थलो मानिएको चीनमा पनि हालै कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्यामा थप भएको छ । पछिल्लो समय चीनमा कोरोना भइरसको कारण मर्नेको संख्या ४ हजार ६ सय ३२ पुगेको छ ।

सम्बन्धित खवर