थप ३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ४५ पुग्यो   - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ४५ पुग्यो  

काठमाडौं / नेपालमा थप ३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित प्रेस ब्रिफिङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनको अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।

बीपी प्रतिष्ठानको ल्याबमा पिसिआर परीक्षण गर्दा २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुषमा कोरोना देखिएको हो’, यी संक्रमित हुनेहरू सबै उदयपुर, भुल्केकै रहेका छन् । यससँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २७ पुगेको छ ।

४५ कोरोना संक्रमितमध्ये अहिलेसम्म ७ जना निको भएर घर फर्किएका छन् । पछिल्लो पटक धनगढीको सेती अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट दुईजना बिरामी बुधबार डिस्चार्ज भएका छन् ।

 

 

सम्बन्धित खवर