जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता


काठमाडौ / समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर बनेको ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ ।

बुधबार राति समाजवादी र राजपाबीच पार्टीवीच एकता गर्ने सहमती लगतै बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । उक्त पार्टीको दर्ता नम्बर १३८८ रहेको छ ।

दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थितमा आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक रुपमै जानकारी दिएका छन् ।

जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताए ।

जनता समाजवादी पार्टीको झण्डा समाजवादीकोे आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ भने चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुने समहती भएको छ । नेताहरुको पद विभाजन गर्न भने बाँकी नै रहेको छ ।

सम्बन्धित खवर