उदयपुर र जनकपुरमा थप दुई जना कोरोना संक्रमित थपिए - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उदयपुर र जनकपुरमा थप दुई जना कोरोना संक्रमित थपिए


 काठमाडौ  / नेपालमा थप दुई जना कोरोना भाईरस (कोभिड १९) को संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार जनकपुरमा एक जना र उदयपुरमा एक जना गरी दुई जना कोरोना संक्रमित भेटिएका हुन् ।

उनका अनुसार उदयपुरकी ५५ वर्षीया एक महिलामा र धनुषाको जनकपुरस्थित १४ वर्षीय एक किशोरमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ भने उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २८ पुगेको छ । निको हुनेको संख्या पनि ९ पुगेको जानकारीे दिएका छन् ।

त्यस्तै डा.देवकोटाका अनुसार सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जना कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै बिहीबारसम्म देशका विभिन्न अस्पतालमा उपचार गर्नेको संख्या ३८ रहेको छ ।

सम्बन्धित खवर