भोजपुरमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ४८ पुग्यो - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भोजपुरमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ४८ पुग्यो


काठमाडौं / प्रदेश न. १, भोजपुरमा पनि कोरोना भाइरस(कोभिड–१९) बाट एकजना संक्रमित भेटिएका छन् ।

भोजपुरको हतुवागढी गाउँपालिकाका एकजना २६ वर्षीय पुरुषमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार गत फागुन ३० मा साउदी अरबबाट आएका भोजपुरका २६ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।

युवकलाई ¥यापिड टेस्टमा कोरोना देखिएपछि स्वाब परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा लगिएको थियो ।

स्वाब परीक्षणपछि ती युवकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमित ४८ जना मध्ये १० जना निको भएर घर फर्केका छन् ।

सम्बन्धित खवर