राष्ट्रपतिद्धारा विवादित अध्यादेश खारेज - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राष्ट्रपतिद्धारा विवादित अध्यादेश खारेज


काठमाडौं / सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपतिद्धारा खारेज भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस गरे लगतै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।

सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशले दल विभाजन गर्न सहज बनाउने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशले प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने थियो ।

उक्त अध्यादेश ल्याएपछि सरकारको चौतर्फी आलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रिपरिषदले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

सम्बन्धित खवर