बाग्लुङकी कोरोना संक्रमित निको - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बाग्लुङकी कोरोना संक्रमित निको


काठमाडौ / बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

शुक्रबार बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाको पाँचौ र छैंटौ स्वाब परीक्षण रिपोर्टमा नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज दिएको हो । यो संगै कोरोनाबाट निको हुनेको संख्या १० पुगेको छ ।

पाँचौ रिपोर्ट नेगेटिभ आएपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको र छैंटौ स्वाबको नमूना पनि नेगेटिभ आएपछि शुक्रबार राति अस्पतालले अंशुलाई डिस्चार्ज गरेको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।

धौलागिरि अञ्चल अस्पतालमा उपचार गराइरहेकी अंशुले २८ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा आफूले कोरोनालाई जितेर घर फर्कन पाउदा खुशीको सीमा नरहेको बताइन् ।

उनले अस्पतालमा रहदाको अनुभव बाड्दै भनेकी छिन्, ‘चिकित्सकहरुको परामर्श र अभिभावकको सान्त्वनाका कारण अस्पतालमा बिताएका २८ दिन लामो लागेन,’ । ‘२८ दिनको अवधिमा एक दिन पनि आफूलाई कमजोर बनाइन, आत्मबल झनै दह्रो बनाएर बसेँ ।’

अन्य कोरोना संक्रमितले पनि स्वास्थ्यको ख्याल गर्दै मनोबल बढाउँदै लैजान सुझावसमेत दिइन् । आफूले आफैँलाई कमजोर ठाने रोगले गलाउँदै लाने भन्दै सबैलाई रोगप्रति सचेत रहन आग्रह गरिन् । सापकोटाले मानसिकरूपमा विचलित भएमा कमजोर हुने भएकोले सबैलाई सकारात्मक सोच्न आग्रह गरिन् । आत्मबल र धैर्यता नै कोरोनाको अचुक औषधि रहेको उनले बताइन् ।

युवतीको अवस्था सामान्य भए पनि यसअघिको चार स्वाब रिपोर्ट कोरोना सङ्क्रमण देखिएको थियो । युवती चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएकी थिइन् । उनको चैत १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खवर