हवाई उडान जेठ २ सम्म बन्द, लकडाउनबारे मन्त्रिपरीषदले निर्णय गर्ने - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

हवाई उडान जेठ २ सम्म बन्द, लकडाउनबारे मन्त्रिपरीषदले निर्णय गर्ने


काठमाडौं  / कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य हवाई उडान आगामी जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा शनिबार सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै लकडाउनको अवधि बढाउने नबढाउने भन्ने निर्णय मन्त्रिपरिषद बैठकले तय गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार शनिबार बसेको समितिको बैठकले जेठ २ (मे १५) सम्मका लागि सबैखाले उडानलाई लकडाउनमै राख्ने निर्णय गरेको हो ।

आज बसेको बैठकमा लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा समीक्षा भएपनि समय थप्ने वा खुकुलो बनाउने विषयमा केही निर्णय भएको छैन् ।

यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई उडानमाथि रोक लगाइएको थियो ।

सम्बन्धित खवर