कोरोनाबाट मृत्यु हुने २ लाख नाघ्यो, अमेरीकामा मात्रै ५४ हजार बढीको मृत्यु - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाबाट मृत्यु हुने २ लाख नाघ्यो, अमेरीकामा मात्रै ५४ हजार बढीको मृत्यु


दमक / कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभरीबाट मृत्यु हुनेको संख्या २ लाख भन्दा बढी भएको छ ।

वर्ल्डोमिटर्सले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्ममा मृत्युहनेहरुको संख्या २ लाख ३ हजार २ सय ७२ पुगेको छ । यी मध्ये अमेरीकमा मात्रै ५४ हजार २ सय ५६ जनाले ज्यान गुमाएको छ । यो अन्य देशको तुलनामा सबैभन्दा बढी हो ।

शनिबारसम्म अमेरिकामा ९ लाख ६० हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ, । हिजो मात्रै २ हजार भन्दा बढीको ज्यान गएको छ ।

अहिलेसम्म विश्वभरीबाट संक्रमित हुनेको संख्या २९ लाख २० हजार ७ सय ७७ जना पुगेको छ । भने संक्रमितमध्ये ८ लाख ३६ हजार ९ सय ४१ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन् ।

हाल विश्वमा १८ लाख ७८ हजार कोरोना भाइरस संक्रमित उपचारत छन् । ती मध्ये ५८ हजार १ सय ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको १८ लाख २० हजारको अवस्था सामान्य वल्डोमिटरले जनाएको छ ।

स्पेनमा २ लाख २३ हजार ७ सय ५९ जना कोरोना संक्रमित रहेकोमा २२ हजार ९ सय २ जनाले ज्यान गुमाइसकेका छन् । इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९५ हजार ३ सय ५१ छ । यीमध्ये २६ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ । जर्मनीमा कोरोना भाइरस संक्रमित १ लाख ५६ हजार ४ सय १८ जना छन् भने ५ हजार ८ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै फ्रान्समा १ लाख ६१ हजार ४ सय ८८ जना कोरोना भाइरस संक्रमित रहेकाछन्, जसमध्ये २२ हजार ६ सय १४ जनाको मृत्यु भएको छ । बेलायतमा १ लाख ४८ हजार ३ सय ७७ जना कोरोना भाइरस संक्रमित रहेकोमा हालसम्म २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ । टर्कीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ७३ पुगेको छ । यीमध्ये २ हजार ७ सय ६ जनाको मृत्यु भएको छ ।

कोभिड १९ को कारण हालसम्म इरानमा ५ हजार ६ सय ५०, चीनमा ४ हजार ६ सय ३२, रुसमा ६ सय ८१, ब्राजिलमा ४ हजार ४५, क्यानाडामा २ हजार ४ सय ६५, बेल्जियममा ६ हजार ९ सय १७, नेदरल्याण्ड्समा ४ हजार ४ सय ९, स्वीट्जरल्याण्डमा १ हजार ५ सय ९९, आयरल्याण्डामा १ हजार ६३, स्वीडेनमा २ हजार १ सय ९२, पोर्चुगलमा ८ सय ८०, भारतमा ८ सय २५ र पेरुमा ७ सय जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै छिमेकी देश भारतमा ७ सय ८० जनाको मृत्यु भएको छ भने संक्रमित संख्या २४ हजार ९ सय ४२ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म ४९ जनामा कोरोना भाइरसको संक्रमित भेटिएका छ । संक्रमितमध्ये १२ जना उपचारपछि निको भइ घर फर्किसकेका छन् । ३७ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । चीनको वुहानबाट फैलिएको यस भाइरस अहिले विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ ।

सम्बन्धित खवर