माङसेबुङ / गीतकार आन्छुमे नसानको शव्द, संगीतकार नरेश लिङदेनको संगीतमा सजिएको लोकप्रिय गायिका सुनिता थेगिमको आवाजमा किरात लिम्बु भाषाको मर्मस्पर्शि गीत ‘थेई फेन्दुङाङ्’ भिडियो सार्वजनिक गरिएको छ ।
माङसेबुङ परिसर वरिपरि छायांकन गरिएको भिडियोलाई किसोर लिम्बुले निर्देशन गरेका हुन् । माया प्रेममा आधारित म्युजिक भिडियो माङसेबुङ म्युजिक भिडियो युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
छायांकारद्धय नाम्विनहाङ लिङदेन र हेमराज चेम्जोङको छायांकन रहेको भिडियोमा स्वस्तिका सावदेन, खुविनहाङ लिम्बु, युसा मगर र सेसे लिम्बुले अभिनय गरेका छन् ।
माङसेबुङ म्युजिक भिडियो युट्यूव च्यानलको प्रस्तुतिमा निर्माण गरिएको भिडियोलाई नाम्विनहाङ लिङदेनले सम्पादन गरेका हुन् ।
प्रकाश सावदेनको ‘मिक्सेन’ एल्वममा संग्रहित मनोज मोतेको संगीत संयोजन रहेको गीत म्युजिक मिडिया धरानमा विजय श्रेष्ठले रेकर्डिङ गरेका हुन् ।
भिडियो पुरा हेर्नुहोस :