आज चट्याङ्ग, हावाहुरी र वर्षा हुने सम्भावना - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आज चट्याङ्ग, हावाहुरी र वर्षा हुने सम्भावना


काठमाडौँ / आज सामान्य बदली रही मध्य र पूर्वका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदको अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुका कारण मौसम बदली भएको हो । यस्तै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको वर्षाको सम्भावना रहेको हो ।

अहिले पश्चिम तथा पूर्वका क्षेत्र र मध्य पहाडी भू–भागमा सामान्य बदली भई एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

सम्बन्धित खवर