थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५७ पुग्यो - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५७ पुग्यो

काठमाण्डौं / नेपालमा बुधबार थप तीनजनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ देखिएकोले कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । संक्रमितमध्ये १६ जना भने निको भएर घर फर्किएका छन् ।

संक्रमितहरु जितपुर सिमरा नगरपालिकाका ४३ वर्ष, सिम्रौनगढका ३१ वर्ष पुरुष र वीरगञ्ज महानगरपालिका २ छपकैयाका ४६ वर्षका पुरुष हुन् ।

तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

सम्बन्धित खवर