बलिउड अभिनेता इरफान खान रहेनन् - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बलिउड अभिनेता इरफान खान रहेनन्

एजेन्सी / बलिउड अभिनेता इरफान खानको मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको छ ।

उपचारको क्रममा ५४ वर्षीय बलिउड अभिनेता खानको बुधबार बिहान अम्बानी अस्पतालमा निधन भएको हो ।

उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए । खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो । उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन् ।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए । उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो ।

गत शनिबार उनकी आमाको निधन भएको थियो । खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए ।

बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तराष्ट्रिय ब्लगबस्टर सिनेमामा समेत काम गरेका थिए ।

सम्बन्धित खवर