झापाको दमकमा ५४ जनाको स्वाब परिक्षण, रिपोर्ट सबै नेगेटिभ - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको दमकमा ५४ जनाको स्वाब परिक्षण, रिपोर्ट सबै नेगेटिभ


दमक / झापाको दमकमा ५४ जनाको स्वाब परिक्षण रिपोर्ट सबै नेगेटिभ आएको छ ।

दमक नगरपालिका वडा नं. ३ मा एकजनामा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको जाँचमा अहिलेसम्म कसैमा पनि कोरोना संक्रमण नदेखिएको हो ।

कोरोना भाईरस संक्रमण देखिएको स्थान बाट १४ गते कन्ट्याक ट्रयाकिङ गरेर ५४ जनाको स्वाब विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणका लागि पठाईएको थियो ।

त्यहाँ जाच गर्दा कसैमा पनि कोरोना पोजेटिभ नदेखिएको दमक नगरपालिकाले जनाएको छ ।

बैशाख १३ गते उक्त स्थानमा चार किल्ला तोकि लगाइएकोे घेरा समेत हटाईएको छ । एकजनामा कारोना देखिए पछि वडानै सिल गरीएको थियो ।

सुरक्षा घेरा हटाए पनि लक लाउन चलिरहेको हुँदा उक्त क्षेत्रमा समेत घर बाहिर निस्कन र अत्यावस्यक काममा बाहेक हिडडुल गर्न नपाईने नगरपालिकाले जारी गरेको बिज्ञप्तीमा जानकारी गराइएको छ ।

सम्बन्धित खवर