पत्रकार योङहाङद्वारा विपद व्यवस्थापन कोषमा ५ हजार सहयोग - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पत्रकार योङहाङद्वारा विपद व्यवस्थापन कोषमा ५ हजार सहयोग


माङसेबुङ / नयाँ बुलन्द डटकमका सम्पादक तथा पत्रकार राम योङहाङले माङसेबुङ गाउँपालिकालेतयार पारेको विपद व्यवस्थापन कोषलाई ५ हजार आर्थिक सहयोग गरेका छन् ।

पत्रकार योङहाङले बुधबार माङसेबुङ गाउँपालिकाको कार्यालयमा पुगेर गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो र प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीलाई संयुक्त रुपमा ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनबाट प्रभावितलाई राहत उपलब्ध गराउन स्थापित कोषमा पत्रकार योङहाङले सहयोग गरेका हुन् ।

लकडाउनका कारण समस्यामा परेका गाउँपालिकाका श्रमिक, मजदुर तथा विपन्नहरुलाई राहत उपलब्ध गराउन थोरै भएपनि सहयोग मिलोस् भनी गाउँपालिकालाई सहयोग गरेको पत्रकार योङहाङले बताए ।

गाउँपालिका अध्यक्ष इदिङ्गोले गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग आउने क्रम जारी रहेको बताउँदै सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गरे ।

सम्बन्धित खवर