एजेन्सी /बलिउडका चर्चित अभिनेता ऋषि कपूरको निधन भएको छ ।
बिबिसी हिन्दीले जनाए अनुसार कपुरको ६७ बर्षको उमेरमा कहीबेर अघि निधन भएको हो ।
४ सय भन्दा बढी फिल्मा काम गरेका कपुर क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या रहेको थियो । क्यान्सरबाट पीडित कपुरलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियोे ।
अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि उनको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको थियो ।
ऋषि कूपर दिग्गज अभिनेता राज कपूरका छोरा थिए । उनले फिल्मी बबी फिल्मबाट १९७३ मा करियरको शुरुवात गरेका थिए । दुई दिन एता भारतीय फिल्म उद्योगले दिग्गज दूई अभिनेतालाई गुमाउनु परेको छ । हिजो मात्रै अर्का अभिनेता इरफान खानको निधन भएको थियो ।