बम बिस्फोटमा परि रोल्पामा चार बालबालिकाको मृत्यु - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बम बिस्फोटमा परि रोल्पामा चार बालबालिकाको मृत्यु

काठमाडौं / रोल्पामा बेवारिसे बम विष्फोट हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ ।

बिहिबार साँझ रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेबारिसे बम खेलाउँदा खेलाउँदै पड्किँदा चार बालबालिकाको मृत्यु भएको हो ।

प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका९ ७ का १४ वर्षीय लोकिराम डांगी, ११ वर्षीया बिमला डांगी,५ वर्षीय विजय खत्री र सोही गाउँपालिका ९ ४ का १३ वर्षीय गौरव नेपाली रहेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी बताए ।

गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका छन् ।

सम्बन्धित खवर