रुसी मन्त्री यकुशेभलाई कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रुसी मन्त्री यकुशेभलाई कोरोना संक्रमण पुष्टि

काठमाण्डौ / रुसका निर्माण मन्त्री भ्लादिमिर यकुशेभलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको पुष्टि भएको छ ।

मन्त्री भ्लादिमिर यकुशेभलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको पुष्टि भएसंगै अस्पताल भर्ना भएका छन् ।

यसैगरि निर्माण मन्त्रीका सहायक पनि भाइरसबाट संक्रमित भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । दुई दिनअघि मात्रै रुसी प्रधानमन्त्रीमा पनि कोरोनाको सङ्क्रमण देखिएको थियो ।

गएको बिहीबार प्रधानमन्त्री मिखाइल मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफू कोरोना सङ्क्रमित भएको बारे जानकारी गराएका थिए ।

रुसमा १ लाख २४ हजार ५४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको दर बढिरहेको छ । कोरोनाको कारण रुसमा अहिलेसम्म एक हजार दुई सय २२ जनाको ज्यान गइसकेको छ ।

सम्बन्धित खवर