बाँकेमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या ७५ पुग्यो - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बाँकेमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं / बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

बाँकेको नेपालगञ्जमा यसअघि आज मात्रै ९ जना र पर्सामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । योसंगै देशभर कोरेना भाइरस संक्रमितको संख्या ७५ पुगेको छ ।

आईतबारमात्र एकैदिनमा १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जनाएको छ ।

बाँकेमा दुई दर्जन व्यक्तिको पिसिआर रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । सोमबारसम्म रिपोर्ट आउने स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् ।

नेपालमा अहिलेसम्म १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर