माङसेबुङ गाउँपालिकालाई नेपाली कांग्रेस माङसेबुङद्वारा डेढलाख बराबरको राहत सहयोग - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङ गाउँपालिकालाई नेपाली कांग्रेस माङसेबुङद्वारा डेढलाख बराबरको राहत सहयोग

माङसेबुङ / इलामको माङसेबुङ गाउँपालिकालाई नेपाली कांग्रेस माङसेबुङ गाउँ समितिले १ लाख ५० हजार ५ रुपैयाँ राहत सहयोग स्वरुप हस्तान्तरण गरेकोे छ ।

सोमबार माङसेबुङ गाउँपालिकाको कार्यालयमा नेपाली कांग्रेस गाउँ समिति सभापति इन्द्र सङबाङफेले सहयोग रकम माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी र लेखा अधिकृत मञ्जु भट्टराईलाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हो ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित असंगठित मजदुर, विपन्न, असक्त परिवारलाई राहत दिन सहयोग गरेको नेपाली कांग्रेस गाउँ सचिव सुमन खनालले बताए ।

पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको स्वेच्छिक सहयोगमा संकलिन रकमबाट गाउँपालिकाको विपद व्यवस्थापन कोषमा सहयोग गरेको उनले जानकारी दिए ।

कार्यक्रमपछि संक्षिप्त मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष इदिङ्गोले सहयोगका लागि नेपाली कांग्रेसलाई धन्यवाद ज्ञापन दिए ।

उनले यो महामारीलाई नियन्त्रण गर्न सम्पूर्ण राजनीतिक दलसहित गाउँबासीहरु एक भएर अगाड बढ्न अपिल समेत गरे ।

यसअघि गाउँपालिकालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गाउँ कमिटिले १ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो ।

सम्बन्धित खवर