पुनः थपिए ७ जना कोरोना संक्रमित, नेपालमा जम्मा ८२ पुग्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुनः थपिए ७ जना कोरोना संक्रमित, नेपालमा जम्मा ८२ पुग्यो


काठमाडौं / नेपालगञ्जमा ७ जना संक्रमित थपिएको छ ।

मंगलबार बिहान स्वास्थ्य मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८, का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो ।

हालसम्म संक्रमण देखिएका ८२ जनामध्ये १६ जना निको भइसकेका छन् ।

सम्बन्धित खवर