सुधारका विषयहरु आफूभित्रै खोज्नुपर्छ - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुधारका विषयहरु आफूभित्रै खोज्नुपर्छ

सदाझै सामान्य स्थिति भएको भए यतिबत्रेला ९० औं समाज सुधार दिवस मनाईरहेको हुने थियौं । तर यस पटक कोरोना संक्रमणको कारण विश्वनै बन्दीमा परेको छ । यसको प्रतिकुल प्रभाव समाज सुधार अभियान्ताहरुलाई नपर्ने कुरा भएन । बुझ्न पर्ने कुरा के हो भने समाज सुधार वर्षमा एक पटक निश्चित स्थानमा जम्मा भएर रंगी चंगी सिंगारिएको मञ्चबाट भाषण गरेरर, सुनेर हुने करा होइन । महागुरु फाल्गुनन्दले पनि सिवाखाहुन उपदेश दिंदा दिदै पनि केवल सुन्यो मात्र आचार, कर्म, व्यवहारले मानेन । त्यसै कारण वि. स. १९८८ साल बैशाक २९ गते पान्थर लब्रेमा वृहत चुम्लुङ बोलाएर सुधारका आवश्यक विषयहरुलाई बुद्धा बुद्धामा लिपिबद्ध गराएर त्यसमा सहीछाप समेत गर्न लगाएर व्यावहारिक रुपमा लागु गर्नै पर्ने बाध्यकारी सामाजिक सांस्कृतिक कानुन निर्माण गर्नु भएको हो । जुन आज सत्यधर्म मुचुल्का नामले चिनिन्छ । यसर्थ हामी सबैले कोरोना संक्रमणको नियन्त्रणको लागि सरकारले लगाएको बन्दाबन्दीलाई पालना गर्दै घरैमा बसेर महागुरु फाल्गुनन्दले दिनुभएको सत्य, अहिंसा, माङसेवा सत्यधर्म मुचुल्कामा उल्लेखित ७ बुँदाहरुको अक्षरस पालना गर्ने दृढ संकल्प गरौं । भाषणमा भन्दा यसमा उपलब्ध छ । तत्कालिन सामाजिक, राजनीतिक आवस्थितिमा निर्माण भएको उक्त सत्यधर्म मुुचुल्काको सवाल र दुर्बल पक्षहरु केलाउँने त्यसैले समाजलाई पार्न सक्ने दुरगामी प्रभावको बारेमा छलफल चलाउने मुचुल्काको सारभूत आसयलाई व्याख्या गर्ने काम आज सम्म पनि हुन सकेको छैन । यो अभियान्ताहरुले असक्षमता अयोग्यताको परिणाम हो ।

तत्कालिन परिस्थितिमा महागुरु फाल्गुनन्दले समाज सुधारको अभियान सांस्कृतिक रुपले बढी भन्दा विकृत भएको समाज लिम्बू जातिको संस्कार संस्कृतिको सुधारबाट थालनी गर्नु भएपनि समाज सुधार अभियानको उद्देश्य सबै मानव जातिमा रहेको विकृतिहरुलाई सुधार गर्नु रहेको थियो । तर प्रतिकुल राजनीति व्यवस्थाको कारण मुचुल्कामा उल्लेखित बुँदाहरुहलाई आवश्यकता अनुसार थप गर्न दोस्रो चुम्लुङ बोलाउन समेत सम्भव भएन । त्यति मात्र होइन, मुचुल्काको मुख्य आसय किराती र देव नागरीक लिपि, भाषा पढ्ने पढाउने द्धैभाषिक विद्यालय (पाठशाला) समेत स्थापना हुन सकेन । त्यसबेलाको परिस्थिति कस्तो थियो भन्ने कुरा बुझ्न स्वम महागुरु फाल्गुनन्द १९९३ सालमा पक्राउ पर्नु, १९९५ सालमा उहाद्धरा स्थापित माङहिम मन्दिरहरुमा धनकुटा गौढाबाट पक्राउ पुँर्जी शैनिको पत्र आउनु, १९९५ सालमा पुन पक्राउ पर्नु आदि घटनाहरुले पुष्टि गर्छ । यसपटक कोरोनाको कारणबाट बन्दाबन्दीको स्थिति सृजना हुन गए पनि मुलुकमा लोकतन्त्र स्थापना भईसकेको अवस्था छ । हिज महागुरु फाल्गुनन्द कालीन जस्तो जटिल परिस्थिति यतिखेर मुलुकभित्र र वाहिरका हजारौं लाखौं महागुरु फाल्गुनन्द अभियान्ताहरु (नेतृत्ववर्ग) लाई साथ सहयाग दिन तयारी छन् । तर नेतृत्ववर्ग कुन दुनियाँमा लुकेर बसेकोछ थाहा छैन । समाज सुधार अभियान संचालन र इच्छा शक्तिले सम्पन्न अनुयायी शुभचिन्तक भएको संस्थाको नेतृत्वलाई काम गर्न केले रोकेको होला । सबैको मनभित्र उठेको साझा प्रश्न यही हो यसबेला । अब महागुरु फाल्गुनन्द र उहाँको कामलाई संकिण दयरामा परभाषित गर्न उचित हुँदैन । उहाँले सम्पदान गर्नु भएको काम कार्यहरु समस्त मानव हितका लागि हुन भन्ने उद्धार भावनाले बुझ्न र बुझाउँन ढिलो गर्नु हुन्न । मुचुल्कामा उल्लेखित बुँदाहरु निश्चित समुदाय विशेष सम्बान्धित रहे पनि त्यसलाई समाज सुधारको प्रस्थान बिन्दु थियो भनेर बुझ्न र बुझाउँन आवश्यक छ । अब यसलाई समय अनुकुल व्याख्या गर्ने र मुचुल्काको महत्वलाई बोध गराउँने जिम्मा आजको पुस्ताको हो । साथै विभिन्न भाषाहरुमा सरल अनुवाद पनि । जबसम्म यी बहुमुल्य उपदेसहरुको महत्वलाई र त्यसले मानव जीवनमा कस्तो भूमिका खेल्छ भन्ने कुरा बोध गर्नु र गराउँन सक्दैनौंतब सम्म समाज सुधार अभियानले सार्थक परिणाम प्राप्त गर्न सक्दैन । समाज भनेको व्यक्तिहरुको समष्टि हो । यसको ईकाई व्यक्ति हो तसर्थ समाज सुधारको लागि व्यक्ति भनेको म आफै हु । तसर्थ समाज सुधारको लागि व्यक्ति सुधार पहिलो सर्त हो । त्यो व्यक्ति भनेको को हो ? व्यक्ति भनेको म आफै हुँ भनेर बुझ्नु दोस्रो सर्त हो । अनि महागुरु फाल्गुनन्दले दिनु भएको सत्य अहिंसा र माङसेवा जस्ता सिवाखाहुन उपदेस तथा आदर्शहरुको मुल्य मान्यता अनुसार आफूलाई ढालेर आफ्नो समिक्षा, विश्लेषण, परिक्षण आफैले गरेर आफू भित्र रहेका दुवैले र खराव आचारण बानी व्यहोरालाई उन्मुलन गरेर असल र सवल आचारण बानी व्यहोरा स्थापित गरेर तदनुरुपको कर्म गर्दै समाजमा प्रस्तुत हुन सक्नु व्यक्ति सुधार हो । यसरी व्यक्ति क्रमगत रुपमा सुधार भईसकेपछि समाज सुधारको नाममा भाषण गरिरहनु पर्दैन । यी आचारणहरु आफूमा लागू गर्न भाषण गर्ने मञ्चको आवश्यक पर्छ र ? आफ्नो विचार मुल्य मान्यतालाई अरुलाई लाग्नु समाज सुधार हुन सक्दैन किनकि आफ्नो विचार खराब पनि हुन सक्छ त्यसै गरी बाहि¥य आवरण र पद धारण दुबै व्यक्ति सुधारको मानव हुन सक्दैन । व्यक्ति सुधारको मानव त केवल उसको कर्ममात्र हुन सक्छ । यतिखेर नेतृत्व निक्रिय भएर बस्ने समय बिलकुल होइन । महागुरु फाल्गुनन्दको र वहाँको बाणी भविष्यवाणीहरुको विषयमा विभिन्न कोणबाट समिक्षा विश्लेषण, विवेचना, छलफल, बहसहरु सघन रुपमा हुनुपर्ने हो । तर नेतृत्व आफै निदाएर बसेपछि यस्ता कार्यक्रमहरु कस्ले आयोजना गर्ने ? वर्तमान अवस्थामा विश्वलाई नै आक्रान्त पार्ने कोबिड–१९ कोरोना भाईरसको सन्दर्भमा पनि महागुरुले भन्नु भएकै हो । आल्ला लन्दा फाआङ माघा मेबेरेम्मीन्नो निमहा हेक्के केबोखिरो । अर्थात् मेरो पखेटा पलायो भन्दैमा टाढा–टाढा सम्म नउड है छिछिमिरा जस्तै हुन्छौं नी । यसपटक लक डाउनको कारण हाम्रो धेरै नेपाली दाजुभाई दिदिबहिनीहरुको अवस्था छिछिमिराको अवस्था भन्दा कति फरक छ र । एक एक माइलमा मात्र बत्ति बल्ने दिन आउछ भन्नु भएको छ । यसले ठूलो मानव विनासको घट्नालाई टट्कारो संकेत गरेको छ । सिस्नुको पातलाई सुकाई राख्नु त्यसलाई खाएर बाँच्ने दिन आउँछ । पूर्व दिशाबाट एकचक्री राजा भएर आउछु अनि मात्र मलाई चिन्नेछौं । त्यतिबेला घर–घरमा माङनिसा गाडि राख्नु पश्चिमबाट आउनेले तिमीहरुलाई सक्नेछ त्यसको पछाडि नलाग्नु पान्थर सिलौटीमा गाडेको त्रिशूल उखेल्न सक्ने उसको धनी आउनेछ ।

यदपि महागुरु फाल्गुनन्दको भविष्यवाणीहरुमा निराशा मात्र छैन । आशावादी हुने ठाउँहरु पनि छ तिमीहरुको सौभाग्य पूर्व दिशाबाट आउनेछ । तिमीहरुको भाग्य माथि ध्वाँसो लागेको छ । माङको सेवा मात्र गर । तिमीहरु कसैसँग लडाई झगडा नगर्नु विस्तार विस्तार तिमीहरुको भाग्य घुम्दै–घुम्दै आउनेछ । युमामाङको सेवाभक्ति नछोड्नु आपत विपतको घडीमा पूर्व दिशामा फर्केर तिनपटक ओतकार गर्नु त्यसो गर्दा शान्त हुन्छ । यस्ता उपदेशवाणी, भविष्यवाणीहरु सयौं, हजारौं रहेका छन् । तर त्यसलाई संग्रहित गर्ने त्यसमाथि छलफल बहस गर्ने संस्कृति परम्परा नै छैन ।

जहाँ सम्म समाज सुधारको सन्दर्भ छ अभियान्ताहरुको सुधार गर्नुपर्ने विषयहरु म भित्रै बढी मात्रामा छ भनेर बुझ्न सकेन भने अभियान केवल अभियान मात्र हुनेछ ।

महागुरु फाल्गुनन्द –अमर रहुन ।

सम्बन्धित खवर