बच्चासहित एकैदिनमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ९९ पुग्यो - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बच्चासहित एकैदिनमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ९९ पुग्यो

काठमाडौं / नेपालमा एकैदिनमा दूई महिने बच्चा सहित थप १७ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९९ पुगेको छ ।

बुधबार मात्रै पर्साको वीरगञ्जमा थप १७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा वीरगञ्जमा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार उनीहरू सबै विरगन्जका भएकोे जानाएको छ । उनका अनुसार सङ्क्रमण हुनेमा २ महिनाको बच्चा समेत रहेका छन् ।

तर उनी बालक हुन् कि बालिका त्यसबारे केही खुलाइएको छैन । यसैगरि नेपालमा कोरोना बाट २२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित खवर