थपियो लकडाउन जेठ ५ सम्म, अन्तराष्ट्रिय उडान भने जेठ १८ गतेसम्म बन्द - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थपियो लकडाउन जेठ ५ सम्म, अन्तराष्ट्रिय उडान भने जेठ १८ गतेसम्म बन्द


काठमाडौं / सरकारले बन्दाबन्दी अर्थात् लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण हुन नदिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन बिहीबार २५ वैशाखमा सकिँदै थियो ।

अवस्था र स्थान हेरी केही खुकुलो गर्न माग भइरहेका बेला सरकारले ११ दिन अरु थपेको हो ।

मुलुकमा कोरोनाको संक्रमण देखिएपछि सरकारले चैत्र ११ गतेबाट देशव्यापी लकडाउन गरेको थियो । त्यसयता पटक पटक थपिएको बन्दाबन्दीको समय यही बैशाख २५ मा सकिँदै थियो ।

बन्दाबन्दी लगातार लम्ब्याउँदा देशको आर्थिक अवस्था निकै जर्जरबन्दै छ भने नागरिकहरुमा थुप्रैं समस्या आउन थालेको छ । कमजोर आर्थिक अवस्था भएकाहरुलाई खानकै समस्या भइसकेको छ ।

जेठ १८ गतेसम्म अन्तराष्ट्रिय उडान बन्द

यसैगरि सरकारले अन्तर्रािष्ट्रय उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले अन्तर्रािष्ट्रय उडान तथा सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

सम्बन्धित खवर