काठमाडौं / सरकारले बुद्ध जयन्तीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेकोे हो ।
बिहीबार बुद्ध जयन्ती (बैशाख पूर्णिमा–चण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको गृहको सूचनामा भनिएको छ ।